सदरलाइनडटकम,
सल्यान : मिलको पट्टामा बेरिएर सल्यानमा एक महिलाको मृत्यु भएको छ । वनगाड कुपिण्डे नगरपालिका–१ घाटगाउँकी ५५ वर्षीया पिवली माझिको मृत्यु भएको हो । मंगलवार बिहान सात बजे आफैँले सञ्चालन गरेको मिलमा खाद्यान्न पिसानी गर्दा माझीको कपडा मिलको पट्टामा अल्झिएर घटना भएको इलाका प्रहरी कार्यालय देवस्थल सल्लीबजारका प्रमुख सुशील रावलले जानकारी दिए । माझीको घटना स्थलमै मृत्यु हो । कोही नभएकाले मिलको पट्टाले आधा घण्टाभन्दा बढी माझीलाई घुमाउँदा शव क्षतविक्षत भएको छ ।
