नेपालगञ्को स्वास्थ्य शिविरमा २८३ जनाले लिए सेवा

सदरलाइन संवाददाता २९ माघ २०८०, सोमबार १५:०८
 

नेपालगञ्ज : नेपालगञ्जमा आयोजना गरिएको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरमा नौ जिल्लाका २८३ जनाले विशेष स्वास्थ्य सेवा लिएका छन् ।

वेष्टर्न अस्पताल नेपालगञ्जले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा पश्चिम नेपालका नौ वटा जिल्लाका २८३ जनाले आएर निःशुल्क बिशेषज्ञ स्वास्थ्य सेवा लिएका हुन् ।

जनरल सर्जरी, स्त्री रोग, नाक, कान, घाँटी तथा आहारसम्बन्धि विशेषज्ञ चिकित्सकले सेवा दिनुभएको सो शिविरमा बाँकेका १२३ जना, बर्दियाका ६६ जना, कैलालीका २३ जना, सुर्खेतका ४९ जना, रुकुमका ३ जना, जुम्लाका ७ जना, डोल्पाका ४ जना, कालिकोटका ७ जना र बैतडीका १ जना गरी २८३ बिरामीले सेवा लिएको वेस्टर्न अस्पतालका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले बताइन् ।


सो शिविरमा सर्जरीतर्फ डा. रुपानन्द अधिकारी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापा, इएनटी सर्जन डा. रबि स्वार तथा डी.टि. सुशिला खनाललगायतले आएकाहरुको स्वास्थ्य परीक्षण गरेर विभिन्न परामर्श दिएका थिए ।

अस्पतालले निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा बाँके मात्र नभई अन्य जिल्लाका सम्बन्धितसम्म पनि पुगाउन यो शिविर सञ्चालन गरेको डा. थापाले बताइन् । उनले यो शिविरबाट धेरै जनाको रोग पहिचानमा सहयोग पुगेको बताइन् । निःशुल्क स्वास्थ्य शिविरबाट बिशेषज्ञ स्वास्थ्य सेवा पाएकाले यस्ता शिविरहरु अझै पनि निरन्तर राख्नुपर्ने माग गरेका छन् ।

शिविरमा स्वास्थ्य परीक्षण गराएका बर्दिया बढैयातालका जिवन थारुले लामो समयदेखि कानमा समस्या भए पनि पैसाको अभावले जाँच गराउन नसकेको जनाउँदै निःशुल्क शिविर थाहा पाएर आएको र राम्रो भएको बताए । उनले आफूजस्ता धेरै जना बिरामीले अझै पनि पैसा अभावकै कारण विशेषज्ञ स्वास्थ्य सेवा पाउन नसकेकोले यस्ता शिविरहरु नेपालगञ्जमा मात्र नगरी अन्य जिल्लामा पनि आयोजना गर्नुपर्ने आवश्यकता औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घरबारीटोलदेखि त्रिबेणी मोडसम्म सोमवारबाट एकतर्फी पार्किङ

२९ माघ २०८०, सोमबार १५:०८
नेपालगञ्ज : अब्यवस्थित पार्किङका कारण अस्तब्यस्त नेपालगञ्जका भित्री सडकको ट्राफिक ब्यवस्थापन गर्न भन्दै घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा सोमवारबाट एकतर्फी पार्किङ कायम गरिएको छ । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम गरिएको हो […]

सम्बन्धित