घरबारीटोलदेखि त्रिबेणी मोडसम्म सोमवारबाट एकतर्फी पार्किङ

सदरलाइन संवाददाता २९ माघ २०८०, सोमबार १५:१६
 

नेपालगञ्ज : अब्यवस्थित पार्किङका कारण अस्तब्यस्त नेपालगञ्जका भित्री सडकको ट्राफिक ब्यवस्थापन गर्न भन्दै घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा सोमवारबाट एकतर्फी पार्किङ कायम गरिएको छ । ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम गरिएको हो ।

एकतर्फी ब्यवस्थापन अन्तर्गत आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, बिहीबार र शुक्रबार बायाँतर्फ मात्र पार्किङ गर्ने गरि ब्यवस्था मिलाइएको छ । ताकिएको बार र स्थानमा पार्किङ गराउन ट्राफिक प्रहरीले कडा अनुगमन गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपी कृष्ण सुवेदीले बताए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आइतबार सचेतना र्याली गर्दै पार्किङ व्यवस्थित गर्ने कार्यको सुरुवात गरिएको थियो ।

सो अवसरमा बोल्दै नगर प्रमुख विष्टले शुरुवातमा घरबारी टोलदेखि त्रिवेणी मोडसम्म कायम गरिएको वन वे पार्किङले नगरमा सुखद सन्देश दिने विश्वास व्यक्त गरे । उनले सबैको सहयोग र समन्वयमा सहरका अन्य ब्यस्त सडकमा समेत वन वे आवागमन र वन वे पार्किङ कायम गरिने बताए ।


नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष धामीले व्यवसायलाई मर्यादित बनाउनका लागि समेत सहर व्यवस्थित हुनुपर्ने आवश्यकता बोध गर्दै ट्राफिक व्यवस्थापनका लागि अगुवाई गरिएको बताए ।

बाँके प्रहरी प्रमुख बोहराले सडकको अस्तब्यस्तता व्यस्थापन गर्दै सवारी आवागमन सहज बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुवेदी लगायतले घरबारी टोलदेखि त्रिवेणी मोडसम्म घरदैलो नै गरेर एकतर्फी पार्किङबारे जानकारी गराएका थिए ।

कार्यक्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओली, महासचिव भीम रानाभाट, कोषाध्यक्ष मख्खनबहादुर धामी लगायत उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा पहिलोपटक समलिङी महिलाको विवाह दर्ता

२९ माघ २०८०, सोमबार १५:१६
नेपालगञ्ज : समलिङ्गी (लेस्बियन) महिला–महिलाको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले लेस्बियन जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिङ्गी सम्बन्धमा रहेका बाँके कोहलपुर नगरपालिका वडा नं ५ बस्ने सुप्रिता गुरुङ्ग र बढैयाताल वडा नं २ निवासी अन्जुदेवी […]