सदरलाइनडटकम,
रोल्पा : तीज मनाउन श्रीमतीलाई माइत पुर्याएर फर्किने क्रममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । श्रीमती र छोरीलाई सदरमुकाम लिबाङबाट रोल्पा नगरपालिका–७ निम्री पुर्याएर फर्किने क्रममा भे १ ज ४६५६ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
दुर्घटनामा रोल्पा नगरपालिका–१० धबाङका ३० वर्षीय चालक दिलबहादुर बुढामगरको मृत्यु भएको हो । हिमताल यातायात प्रालिको जीप सडकबाट २ सय मिटर तल माडी खोलामा खसेको हो । वर्षायाममा खोला ठूलो भएकाले जीपभित्र अन्य मानिस भएनभएको पत्ता लगाउन कठिन भएको प्रहरीले बताएको छ ।
