लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवस मनाईंदै

सदरलाइन संवाददाता १२ असार २०७८, शनिबार ११:३०
 

नेपालगञ्ज : शनिवार लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट सन् १९८७ मा घोषणा भइ हरेक वर्ष जुन २६ मा विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त बनाउने उद्देश्यका साथ दिवस मनाउने गरिन्छ ।

नेपालमा यस वर्ष लागुऔषधरहित परिवार स्वस्थ जीवनको आधार भन्ने नारा तय गरिएको छ । संयुक्त राष्ट्र सङ्घको विश्व लागुऔषध प्रतिवेदन २०२१ ले वर्षेनि लागुऔषध प्रयोगकर्ता बढ्दै गएको देखाएको छ ।

त्यस्तै नेपालमा एक लाख ३० हजार ४ सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ ले नेपालमा वार्षिक वृद्धिदर ५ दशमलव ०६ प्रतिशत रहेको आकलन गरेको छ । लागुऔषधका प्रयोगकर्ता तथा कारोबारमा युवा वर्ग संलग्न भएको तथ्याङ्कले देखाउँछ ।


दिवसका अवसरमा शुभकामना दिँदै गृहमन्त्री विष्णुप्रसाद पौडेलले दुर्व्यसनमा युवा, किशोर किशोरीको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय रहेको बताएका छन् ।

नेपालको जनसांख्यिकी लाभका रुपमा रहेको युवा समुदाय लागुऔषध नियन्त्रणको अभियानमा जुट्नुपर्नेमा उहाँको जोड छ । लागुऔषध कारोबारले अकालमै ज्यान जाने, अपराध र अराजकता बढाउने साथै एचआईभी, हेपाटाइटिस लगायतका रोगहरु पनि सर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एसएसवीको सहकार्यमा मनाइयो दुर्व्यसनीविरुद्धको दिवस

१२ असार २०७८, शनिबार ११:३०
नेपालगञ्ज : लागुऔषध विरुद्धको ३४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा बाँकेको जमुनाह नाकामा शनिवार सचेतिकरण र्याली गरिएको छ । सीमामा रहेका सुरक्षा संगठनहरुले संयुक्तरुपमा कार्यक्रम गरेका हुन् । शुक्रवार नेपाली सुरक्षा अधिकारीहरुको आयोजनामा कार्यक्रम भएकोमा शनिवार भने भारतीय एसएसविको सहकार्यमा कार्यक्रम भएको हो । रुपइहिया ग्राम पञ्चायतका प्रधान हाजी अब्दुल कलिमले […]