राप्तीनदीको बगरमा तरबुज फलाउँदै शाहिद

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १४:१३
 

नेपालगञ्ज : खेतवारी बाँझै राखेर नेपालीहरु पैसा कमाउन बिदेश गइरहेका बेला भारत उत्तर प्रदेशका शाहिद अलि राप्ती नदिको सिधनिघाटस्थित एक हजार बिघा भन्दा बढि क्षेत्रफलको बगरमा तरबुजा फलाउन दिनरात मिहिनेत गरिरहेका छन् । उनको मिहिनेत र बगरमै तरभुजा र तरकारी फलाउने जुक्ति देखेर जोकोहि अचम्म मानिरहेका छन् ।

वरपर हरेक वर्ष राप्ती नदीमा आउने बाढीले संयौ बिघा जग्गा बालुवाले भरिएको बगर बनेको छ । बगर बनेको जग्गामा बालुवा बाहेक अर्कोथोक केही देख्न पाईदैन । यस्तो अबस्था देखेर कति जग्गा धनीले त जग्गाको माया नै मारिसकेको अवस्था छ ।

तर यसरी केही उम्रिदैन् भन्दै चटक्क बिर्सिएको बगर शाहिदका लागि भने करोड पैसा आर्जन गर्ने सपना बनेको छ । हजार बिघा भन्दा बढि क्षेत्रमा उनले तरभुजा लगाउन शुरु गरेका छन् । सोचे जस्तै भयो भने लाखौंको तरभुजा राप्तिबगरमा फल्ने छ भने आउँदो सिजनमा सम्भवत नेपालगन्ज नाका हुँदै तरभुजा आयात गर्न नपर्ने अवस्था आउन सक्छ । शाहिदले नेपालमै सबैभन्दा ठुलो क्षेत्रमा तरभुजा खेति गरिरहेका हुन् । जसमा मिहिनेतसंगै लगानी पनि जोडिएको छ ।


शाहिदलाई अबको चार महिनाभित्र नेपाली बजारमा यही बगरमा उत्पादन भएको ताजा तरभुजा पठाउँनुछ । त्यसैले कामदार सहित दिनरात मिहिनेत गरिरहेका छन् । बगरमै उनले आठ लाख तरभुजाका बिरुवा तयार गरिसकेका छन्, त्यही नर्सरी बनाएर । त्यो रोप्नका लागि भारतबाटै बिशेष खाले ट्याक्टर मगाएर खाल्डो खनिरहेका छन् । त्यो ट्याक्टरमा दिनकै तीन हजार भाडा लाग्छ । भंसारबाट ल्याउन कम्ता दुःख गर्नु परेन् रे उनले ।

निरन्तर बगरमा तरभुजा फलाउन उनी र उनको परिवार खटिएकै छ । बिजुली छैन् सोलारबाट धिपधिपे उज्यालोमै समय कटेको छ । नदीको बगर छेउमा बिजुली जोडिदिन उनले हारगुहार नगरेका होइनन् तर कसैले सुनेको छैन् । मोवाइल चार्ज गर्न तीन किलोमिटर पर कम्दीमा जानुपर्छ ।

कांक्रा, फर्सीको हरिया बोट देखाउँएर आत्मबिश्वासी हुँदै उनले यदि आफु सफल भए नेपाल र नेपाली कृषकका लागि पनि उदाहरण हुने बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा भन्सार छलिको खसी बाख्रा बरामद

२५ माघ २०८०, बिहीबार १४:१३
नेपालगञ्ज : बाँके प्रहरीले भन्सार छलि ल्याएको खसी बाख्रा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित आशिष कुरेसी र बादशाह कुरेसीले अबैध रुपमा भारतबाट भन्सार छली ल्याएको खसी बाख्रा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार खसी बाख्रा ५ जिउ र उक्त खसी बाख्रा ढुवानी गर्न प्रयोग […]