बाँकेमा भन्सार छलिको खसी बाख्रा बरामद

सदरलाइन संवाददाता २५ माघ २०८०, बिहीबार १४:१८
 

नेपालगञ्ज : बाँके प्रहरीले भन्सार छलि ल्याएको खसी बाख्रा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित आशिष कुरेसी र बादशाह कुरेसीले अबैध रुपमा भारतबाट भन्सार छली ल्याएको खसी बाख्रा प्रहरीले बरामद गरेको हो ।

प्रहरीका अनुसार खसी बाख्रा ५ जिउ र उक्त खसी बाख्रा ढुवानी गर्न प्रयोग भएको मोटरसाईकल १ थान सहित अन्दाजी मुल्य १ लाख ८ हजार रहेको छ ।


पक्राउ पारेका दुवै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्कुल पोशाक नेपालगञ्जमै किन्ने वातावरण बनाउन पहल

२५ माघ २०८०, बिहीबार १४:१८
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघको पहलमा नेपालगञ्जकै गार्मेन्ट उद्योगमा उत्पादन भएका पोशाक किन्ने वातावरण निर्माणका लागि यहाँका निजि विद्यालसंग छलफल गर्ने भएका छन् । संघमा व्यवसायीबिच भएको छलफलले उक्त निष्कर्ष निकालेको हो । उक्त भेटघाटमा व्यवसाय बिस्तारमा कठिनाई र बजारिकरणमा देखिएका समस्याहरु बारे व्यापक छलफल गरिएको थियो । नेपालगञ्ज […]

सम्बन्धित