काँग्रेस पार्टी कार्यालयलाई एमाले गर्यो व्यवस्थापन

सदरलाइन संवाददाता १७ मंसिर २०८०, आईतवार १३:५७
 

जाजरकोट : भूकम्पले क्षति गरेको जाजरकोटस्थित बारेकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको कांग्रेस पार्टी कार्यालयलाई नेकपा एमालेको स्वयंसेवक दस्ताले व्यवस्थापन गरेको छ ।

भत्किएको पार्टी कार्यालयमा नेकपा एमालेका स्वयंसेवक दस्ताले व्यवस्थापन गरेर भग्नावशेष निकाल्ने काम गरेको विपद व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले बताएका छन् । भूकम्पले क्षति पुर्याएपछि उक्त कार्यालय बन्द अवस्थामा रहेको थियो ।


अखिल नेपाल किसान महासंघको टिम एफ वानले उक्त कार्यालय व्यवस्थापन गरेको बताइएको छ । विगत १२ दिन देखि पौडेलेको नेतृत्वमा रहेको एमाले स्वयंसेवक दस्ता भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण कार्यमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महाकाली सिँचाइ : पाँच प्याकेजमा नहर निर्माणको तयारी

१७ मंसिर २०८०, आईतवार १३:५७
महेन्द्रनगर : राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही […]