इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या

सदरलाइन संवाददाता १३ मंसिर २०७७, शनिबार ०९:३६
 

काठमाण्डौ : इरानका वरिष्ठ परमाणु वैज्ञानिकको हत्या भएको छ । राजधानी तेहरान नजिकै वरिष्ठ परमाणु वैज्ञानिक मोहसेन फाखरिादेहको हत्या भएको रक्षा मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दामाभान्द काउन्टीको अब्सार्दमा भएको आक्रमणमा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

इरानका विदेश मन्त्री मोहम्मद जावाद जारिफले हत्याको निन्दा गरेका छन् । उनले घटनालाई आतंकवादको सज्ञा दिएका छन् ।

पश्चिमा गुप्तचरहरुले इरानको परमाणु कार्यक्रमको मुख्य वैज्ञानिक रहेको ठानिएका वरिष्ठ वैज्ञानिकको हत्या भएको बताएका छन् । उनलाई इरानी बमको पिताका रुपमा चिनिने सन् २०१४ मा एक पश्चिमा कूटनीतिज्ञले समाचार संस्था रोयटर्ससँग बताएका थिए ।

यसअघि सन् २०१० र २०१२ को बिचमा चार इरानी परमाणु वैज्ञानिकको हत्या भएको थियो ।


इरानले आफ्नो परमाणु कार्यक्रम विशुद्ध रुपमा शान्तिपूर्ण प्रयोजनका लागि रहेको दाबी गर्दै आएको छ ।

तर शीर्ष वैज्ञानिकको हत्याको खबर इरानले युरेनियमको उत्पादन तीव्र रुपमा बिस्तार गरिरहेका बेला आएकाले चासो बढाएको छ । परमाणु हतियार उत्पादनका लागि महत्वपूर्ण रहेको युरेनियमको उत्दान इरानले बढाउँदा त्यसलाई लिएर गम्भीर चिन्ता छ ।

सन् २०१५ मा भएको परमाणु सम्झौताबाट राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा अमेरिकालाई बाहिर निकाले पछि इरानले पनि आफू त्यसका सीमाहरुमा बाध्य नुहेन बताउँदै उत्पादन बढाइरहेको छ ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफूले सत्ता सम्हालेपछि पुनः इरानसँग वार्ता गर्ने बताएका छन् ।

Next Post

राजसंस्था पुनःस्थापनाको माग गर्दै नेपालगञ्जमा प्रदर्शन

१३ मंसिर २०७७, शनिबार ०९:३६
नेपालगञ्ज : नेपालगञ्जमा शनिवार हिन्दुवादीहरुले मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा हिन्दुवादीहरुले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको माग राख्दै नेपालगञ्जमा शक्ति प्रदर्शन गरेका हुन् । बागेश्वरी मन्दिर अगाडीबाट शुरु भई धम्बोझी चोकमा समापन भएको र्यालीमा हजारौंको संख्याका मोटरसाइकलसहित आएका हिन्दुवादीहरुले नेपाललाई धर्मसापेक्ष हिन्दु राष्ट्र घोषणा, […]