बाँकेको नेपालगञ्जमा सन्चालन भईरहेको ‘मिस मिडवेष्ट’ को सातौ संस्करणका प्रतियोगि अस्मिता भुषालले पनि मोफसलमा बसेरै मोडलिङ पेशामा सुन्दर भविश्य खोज्दै छन् । मोडलिङमा आफ्नो भविष्य खोज्नका लागि १८ बर्षिया अस्मिता अहिले ब्लु ओरिजन प्रालिको व्यानरमा आयोजित सौन्दर्य प्रस्तुति कार्यक्रममा सहभागि भएकी छन् । १२ कक्षामा अध्यनरत प्रतियोगी नं. ९ बाट परिचित अस्मिता मुलपानी सुर्खेतकी स्थायी बासिन्दा हुन । उनीसंग गरिएको अंन्तरङ्ग कुराकानीको सम्पादित अंश ।
सुन्दरतालाई कसरी बुझ्नुभएको छ ?
सुन्दरता ईश्वरको प्राकृतिक बरदान हो । सुन्दरताले मानिसमा आत्मबिस्वासको उजागर गर्छ । सुन्दरता केवल आँखाले देख्न सक्ने मात्र होईन । सुन्दरतालाई कसैले देख्छन्, कसैले सुन्छन् भने कसैको सुन्दरतालाई महसुस गरेका हुन्छन् ।
मोडलिङ क्षेत्रमा किन आउनुभयो ?
मेरो जीबनको सबै भन्दा ठुलो र महत्वपुर्ण उद्देश्य भनेकै ‘मिस वल्ड’ बन्नु हो । त्यसैको तयारी स्वरुप म यस सौन्दर्य प्रस्तुति कार्यक्रममा सहभागि भएकी छु ।
मोडलिङ बाहेक रुचि केके छन् ?
मलाई समाजसेवामा एकदमै रुचि छ । त्यस बहेक महिला सशक्तिकरणका बारेमा बोल्न पायँ भने जतिपनि बोल्न सक्छु जस्तो लाग्छ । मलाई महिलाका विषयमा बोल्न एकदमै मन लाग्छ ।
प्रेमको कुनै अनुभव छ ?
मैले परिवारको र साथीहरुको प्रेम अनुभव गरेकी छु ।
जीबन साथी कस्तो चाहानुहुन्छ ?
मेरो सपना पुरा गर्न साथ दिने असल जीवन साथी चाहान्छु ।
प्रेम प्रस्ताव राख्ने कति छन् ?
धेरै त हुनुहुन्न । प्रेम प्रस्ताव राख्नेहरु अलिअलि हुनुहुन्छ ।
सपना के छ ?
मलाई ‘मिस वल्ड’ बन्ने मन छ । मेरो सपना पनि यहि हो ।
प्रस्तुती : लक्ष्मी तिमिलसेना
फोटो : पवन श्रोतिया / ब्लु ओरिजन