बाँकेको डुडुवामा निशुल्क स्वास्थ्य शिविर ( फोटो फीचर)

२२ मंसिर २०७५, शनिबार १८:५१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको कम्दीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । डुडुवा गाउपालिकाको आर्थिक सहयोग तथा ईकरा पोलिक्लिनिक एण्ड डाईगोसिस सेन्टर प्रालिको आयोजनामा एक दिने विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।
डुडुवा गाउपालिका वडा नं. ५ को शहिद स्मारक मावि कम्दी मिलनचोकमा शनिबार आयोजित सो निशुल्क स्वास्थ्य शिविरबाट ३ सय १ जनाले सेवा लिएको आयोजका ईकरा पोलिक्लिनिकका निर्देशक मुस्लिम खाँले जानकारी दिए ।
जनरल मेडिसिन, बालरोग, युरोलोजि, हाड जोर्नी, जस्ता रोगका विशेषज्ञ चिकित्सकले स्वास्थ्य परिक्षण गरिएको सो शिविरमा ११३ पुरुष र १८८ महिलाले सेवा लिएका हुन ।
सो शिविरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा.प्रकाश नाग, बालरोग विषेशज्ञ डा.शकिल अहमद, सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुराका युरोलोजि सर्जन डा. प्रविण गुप्तालगायतको चिकित्सकहरुको टोलीले सेवा दिएको थियो ।
शिविरमा स्वास्थ्य जाँच गराउन आएका अधिकांशमा पेट छातिको समस्या लिएर आएको नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट फिजिसियन डा. नागले जानकारी दिए ।
डुडुवा गाउपालिकाको आर्थिक सहयोगमा वडा नं. ३, ४ र ५ लाई लक्षित गरी सो स्वास्थ्य शिविर सञ्चालन गरिएको डुडुवा गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष मो शगिर खाँले जानकारी दिए ।
यसैबीच सो स्वस्थ्य शिविरको ब्यानर अनावरण गरेर उद्दघाटन गरिएको थियो । सदरलाइनडटकमका सम्पादक रुद्र सुवेदी, डा. नाग, वडा नं. ४ का वडा अध्यक्ष सगिर खाँलगायतले व्यानर अनावरण गरेर शिविरको उद्दघाटन गरेका थिए ।
पोलिक्लिनिकका अध्यक्ष मुनिर खाँको अध्यक्षतामा भएको उद्दघाटन सत्रमा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका निर्देशक मुस्लिम खाँले गाउमा नै विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनको लागि निजि क्षेत्रबाट पोलिक्लिनिक सञ्चालन गर्दै आफ्नो संस्थाले गाउपालिकासंग सहकार्य गरी शिविर सञ्चालन गरिएको बताए ।
उनले पोलिक्लिनिक स्थापना भएको सय दिन पुग्दा ८ सय विरामीले स्वास्थ्य सेवा लिएको साथै २ सय ५१ विरामीले ल्याव सेवा र ५० विरामीलाई एक्सरे सेवा दिएको जानकारी दिए ।    


Next Post

ईकरा पोलिक्लिनिकको सयदिन, करिव हजारले लिए सेवा

२२ मंसिर २०७५, शनिबार १८:५१
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउपालिका वडानं. ५ मिलनचोकमा सञ्चालनमा रहेको ईकरा पोलिक्लिनिक तथा डाईगोनोसिस सेन्टरले सञ्चालनको सयदिन पुरा गरेको छ । सयदिन पुरा गर्दा करिव एक हजारले सेवा लिएको संस्थाले जनाएको छ । सो पोलिक्लिनिकका सञ्चालक मुस्लिम खाँले ग्रामिण क्षेत्रमा विशेषज्ञ सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याएको बताउदै उनले […]