बाँकेमा शुक्रवार ४ संक्रमित थपिए

सदरलाइन संवाददाता १६ पुष २०७८, शुक्रबार १४:१९
 

नेपालगञ्ज : बाँकेमा शुक्रावर थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १०२ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ३१ नमुना जाँच्दा ३ र मेडिकल कलेज कोहलपुरमा ४५ नमुना परीक्षण गर्दा १ जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्याबमा २६ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् भने १ जना दैलेखका हुन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ५ सय २ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज नाकाबाट चारसय बढीको उद्धार

१६ पुष २०७८, शुक्रबार १४:१९
नेपालगञ्ज : नेपालगञ्ज नाकाबाट एक बर्षको अवधिमा ४ सय बढीको उद्धार गरिएको छ । सन् २०२१ मा जोखिमपूर्ण यात्रामा रही सिमानाबाट उद्धार गरिएको संख्या ४ सय ३४ रहेको माइती नेपाल नेपालगञ्जले जनाएको छ । नेपालगञ्जमा बिहीवार पत्रकारहरुसंग गरिएको अन्तरक्रियामा माइती नेपाल नेपालगञ्जका प्रमुख केशब कोइरालाले पछिल्लो समय सबैभन्दा बढी जोखिममा […]