नेपाली सेनाद्वारा नरैनापुरमा वृक्षरोपण

सदरलाइन संवाददाता २२ भाद्र २०८०, शुक्रबार १६:२१
 

नरैनापुर (बाँके) : नेपाली सेनाले नरैनापुरमा वृक्षरोपण गरेको छ । गाउँपालिका, सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरेर नेपाली सेनाको बज्रदल गण, इमामनगर ब्यारेक राँझाले वृक्षरोपण गरेको हो ।

नरैनापुर गाउँपालिकाको वडा नं. ४ मा रहेको रंगशाला र वडा नं. १ को आधारभूत विद्यालयमा वृक्षरोपण गरिएको छ ।


वृक्षरोपण कार्यक्रमको श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी प्रकाश थापा र गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले उदघाटन गरे ।

रंगशालाको छेउछाउमा गुलमोहरको बिरुवा लगाइएको छ । आधारभूत विद्यालयमा पनि गुलमोहर र अशोका लगाइएको छ । बज्रदल गणका गणपति प्रमुख सेनानी रविन श्रेष्ठका अनुसार रंगशालामा २ सय ४० वटा र विद्यालयमा एक सय २० वटा बिरुवा रोपिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शम्शेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु २९ घाइते

२२ भाद्र २०८०, शुक्रबार १६:२१
कोहलपुर (बाँके) :  पूर्व पश्चिम राजमाग अन्तरगत बाँकेको राप्तीसोनारी–८ शमशेरगञ्ज नजिक गएराति ९ बजेतिर भएको सडक दुर्घटनामा ७ जनाको ज्यान जानुको साथै २९ जना घाइते भएका छन् । पूर्वबाट पश्चिम जना लागेको यात्रुबाहक ना ७ ख २३२१ नं को बस रोकिराखेको ना ८ ख ६४०५ नं. ट्रकमा ट्रकमा ठोक्किँदा सो […]