बाँकेका करिव ६ हजार ७ सय घरधुरीमा स्वच्छ पानी पुग्न बाँकी

३० बैशाख २०७५, आईतवार १७:२४
 

सदरलाइन / रुद्र सुवेदी   
३० बैशाख, नेपालगन्ज  : बाँकेका करिव ७ हजार घरधुरीमा अझै स्वच्छ खानेपानी पुग्न सकेको छैन । जिल्लाका ९३ हजार ४ सय २ घरधुरी मध्ये ६ हजार ६ सय ७२ घरधुरीमा स्वच्छ खानेपानीको पहुच नभएको हो ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जले बाँके जिल्लाका कुल ८६ हजार ७ सय ३० घरधुरीमा खानेपानीको पहुँच पुगेको जनाएको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नेपालगन्जका प्रमुख राजकुमार चौधरीले सरकारको सन् २०२० सम्म नेपालका सबै जनतासम्म आधारभुत स्तरको खानेपानी पु¥याउने लक्ष्य अनुसार बाँकेका ९३ हजार ४ सय २ घरधुरी मध्ये ८६ हजार ७ सय ३० घरधुरीमा खानेपानीको पहुच पुराईएको बताए ।
उनले स्वाच्छ पानी पुग्न नसकेका घरधुरीले अझै पनि कुँवा ईनार हेण्डपम्प जस्ता स्रोतबाट खानेपानी प्रयोग गर्ने गरेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार जिल्लाका ८० प्रतिशत घरधुरीले ह्याड पम्प प्रयोग गर्ने र धाराको स्वच्छ पानी प्रयोग गर्नेहरु जिल्लामा १५ प्रतिशत मात्र रहेका छन् ।
उनले जिल्लाका ९२ दशमलभ ८६ प्रतिशत घरधुरी कहाँ आधारभुतस्तरको खानेपानी पुगेको बताए । उनले जिल्लाका केही स्थानमा आर्सेनिकको मात्रा भेटिएकोले त्यस्ता स्थानमा नयाँ प्रविधि प्रयोग गरिने समेत जानकारी दिए ।
उनले भने–‘ जिल्लाका राधापुर, होलिया र टिटिहिरियामा खानेपानीमा आर्सेनिकको मात्र भेटिएकोले सो स्थानमा उच्च प्रविधि प्रयोग गरेर स्वच्छ खानेपानीको व्यवस्था गरिने छ ।’ उनले जिल्लामा गत वर्षदेखि तराई मधेश खानेपानी कार्यक्रम र उच्च प्रविधि युक्त खानेपानी कार्यक्रम गरी करिव ६० वटा विभिन्न खालका योजना सञ्चालनमा रहेको जानकारी दिए ।
नेपालगन्ज, खजुरा, कोहलपुर लगायतका क्षेत्रभन्दा बाहिर पनि अहिले धाराको पानी उपभोक्तालाई वितरण गरिन थालिएको छ । जिल्लाका विभिन्न गाउँहरुबाट समेत शुद्ध खानेपानी योजनाको निर्माणको लागि माग बढ्दै जान थालेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा स्वच्छ खानेपानीको लागि जिल्लाका विभिन्न स्थानहरुमा करोडौंका लगानीमा खानेपानीका योजनाहरु निर्माण भइरहेका छन् । लाखौ लिटर अट्ने पानी ट्याकी निर्माण हुने कार्य धमाधम भइरहेको छ ।
कार्यालय प्रमुख तथा डिभिजिनल ईञ्जिनियर चौधरीले जिल्लामा सञ्चालनमा रहेका ठूला योजना मध्य १० वटा सम्पन्न भएर स्वच्छ पानी वितरण समेत सुरु गरेको बताए । तस्वीर गुगलबाट  

Next Post

अस्पतालको निरिक्षण

३० बैशाख २०७५, आईतवार १७:२४
सदरलाइनडटकम ३० बैशाख, नेपालगन्ज :  प्रदेश न ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आईतबार नेपालगन्जमा रहेका बिभिन्न अस्पतालको छड्के निरिक्षण गरेका छन् । मन्त्री वरालले बिरामीले लिएको सेवा सुविधाका बिषयमा जानकारी लिएका थिए । नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल र नेपालगन्ज मेडिकल कलेजको मन्त्री बरालले आइतबार छड्के अनुगमन गरेका […]