एसइई परीक्षा आजदेखि शुरु

१० चैत्र २०७५, आईतवार १५:१०
 

सदरलाइनडटकम,  
नेपालगञ्ज : आईतवारदेखि शुरु भएको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको पहिलो दिनको परीक्षा बाँकेमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । परीक्षाको लागि बाँकेमा ३३ वटा केन्द्र तोकिएको छ । जसमध्ये ५ परीक्षा केन्द्रमा महिला शिक्षकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ ।
बाँकेका ८ स्थानीय तहबाट ८ हजार १ सय ७५ जना विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएको छ । गतबर्ष भन्दा यसबर्ष एकहजार बढी परीक्षार्थी सहभागी भएका छन् । गतबर्ष सात हजार ३ सय २ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।
शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाका अनुसार सामुदायिक ८५ र संस्थागत तर्फका ८० गरी कुल १ सय ६५ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यसबर्ष ३ खुल्ला र ५ प्राविधिक विद्यालयका परीक्षार्थी समेत परीक्षामा सहभागी भएका छन् । परीक्षामा सहभागी विद्यार्थीमध्ये दुईजना दृष्टिविहीन र चार जना कारागारका कैदी रहेका छन् ।

Next Post

पूर्व एसपी विष्ट धरौटीमा रिहा

१० चैत्र २०७५, आईतवार १५:१०
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्या प्रकरणमा यातना दिएको र प्रमाण नष्ट गरेको अभियोग लागेका तत्कालीन एसपी डिल्लीराज विष्ट धरौटीमा रिहा भएका छन् । कञ्चनपुर जिल्ला अदालतले आइतवार पूर्व प्रहरी उपरीक्षक विष्टलाई दश लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । जिल्ला अदालत कञ्चनपुरका […]