सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरभित्रका महिला तथा किशोरीहरुको आत्मरक्षाका लागि तालिम सञ्चालन हुने भएको छ । किशोरी एवं महिलाहरुको आत्मसुरक्षा सम्बन्धी सिपको विकास गरी लैगिंक हिंसा न्यूनिकरण गर्ने उद्देश्यले आत्मसुरक्षा तालिम सञ्चालन गर्न लागिएको महिला तथा बालबालिका शाखाका अधिकृत मञ्जु पाण्डेले जानकारी दिइन् ।
उपमहानगरको आयोजनामा हुने तालिममा १० देखि ५० वर्ष उमेर समुहका महिलाहरुको सहभागिताका लागि सार्वजनिक सूचना जारी गरिएको छ । तालिममा किशोरी एवं किशोरी समूहका सदस्य, बालक्लबका किशोरी सदस्य तथा छात्रा विद्यार्थीलाई पहिलो प्राथमिक्ता दिइने उपमहानगरपालिकाले जनाएको छ । नेपालगञ्ज रङ्गशालामा फागुन २० देखि २४ गतेसम्म तालिम सञ्चालन हुनेछ । हरेक दन विहान ६ देखि १० वजेसम्म तालिम दिइने छ ।
