सदरलाइन / चिना बिक
२५ माघ, रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा अबैध रुपमा मदिरा बिक्री बितरण बढेपछि नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
अनाधिकृत रुपमा मदिरा विक्रि वितरणले विभिन्न प्रकारका बिक्रिति र बिसंगती बढेपछि प्रहरीले बजारमा अबैध रुपमा विक्रि वितरण गरिदै आएको घरेलु मदिरा तथा गैरकानुनी रुपमा उत्पादन हुँदै आएको मदिरा जन्य पदार्थ नष्ट गर्न सुरु गरेको हो ।
बजार क्षेत्रमा होहल्ला भएको र अशान्ति फैलिएको भन्दै सिम्ली प्रहरी चौकीबाट खटिएको प्रहरी सहायक निरिक्षक गगन सिंह ठकुरीको नेतृत्वको प्रहरी टोलिले मदिरा नियन्त्रणमा लिएको हो ।
सिम्ली बजारका विभिन्न होटेल तथा विक्री वितरणको अनुमती नलिएका पसलहरुबाट घरेलु मदिरा जन्य पदार्थ १ सय ३० लिटर र सिल गरिएको रक्सी १ सय ५५ बोतल नियन्त्रनमा लिएको हो । प्रहरी चौकी सिम्लीले सानीभेरीका विभिन्न बजारहरुमा यस अघि पनि मदिरा तथा मदिरा जन्य पदिार्थ नियन्त्रणमा लिई नष्ट गर्दै आएको छ ।