बर्दियामा एक पुरुष मृत फेला, ४ जना पक्राउ

सदरलाइन संवाददाता १३ माघ २०८०, शनिबार १७:३९
 

बर्दिया : बर्दियामा एक पुरूष मृत फेला परेका छन् । राजापुर नगरपालिका–१० स्थित मझेरा जाने झोलुङ्गेपुलमुनि शनिबार दिउँसो साढे १ बजे एक पुरूष मृत भेटिएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

मृतक मधुबन नगरपालिका–०२ ओराली बजारका ३५ वर्षीय सरोजकुमार सुनार रहेको बर्दियाका प्रहरी प्रवक्ता डिएसपी तुलसीराम अर्यालले जानकारी दिए । शव पोष्टमर्टमका लागि पठाइएको रिपोर्टपछि थप कुरा थाहा हुने डिएसपी अर्यालले जानकारी दिए ।


उनले घटनाबारे सोधपुछका लागि ४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । यसबारेमा थप अनुसन्धान भइरहेको डिएसपी अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सार्क जर्नालिष्ट फोरमको नेपाल च्याप्टरको पहिलो अधिवेशन लुम्बिनीमा आयोजना गरिने

१३ माघ २०८०, शनिबार १७:३९
काठमाण्डौ :  सार्क जर्नालिष्ट फोरमको नेपाल च्याप्टरको पहिलो अधिवेशन तयारीका लागि नेपाल च्याप्टरका सदस्य रुद्र सुवेदीलाई अधिवेशन तयारी समितिको संयोजक र मोहम्मद आरिफ अन्सारीलाई सहसंयोजकको जिम्मेवारी दिईएको छ । पहिलो अधिवेशन लुम्बिनी प्रदेशमा गरिने भएको छ । सार्क जर्नालिष्ट फोरमका अन्तराष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यतामा र महासचिव मोहम्मद अब्दुर […]