५० हजार बढीको अबैध सामान बरामदपछि भन्सारमा बुझाईयो

सदरलाइन संवाददाता १२ जेष्ठ २०७८, बुधबार १४:१३
 


बर्दिया : बर्दियामा तैनाथ रहेको सशस्त्र प्रहरी बल नेपालले भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न सामाग्रीहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दिया मातहतका य्ुनिटबाट खटिएको टोलीले ५० हजार मुल्य बढीको अवैध सामानहरु बरामद गरेको छ ।

भारतबाट भन्सार छली गरेर नेपालतर्फ सामान ल्याउँदै गरेको अवस्थामा सशस्त्रले सीमा क्षेत्रबाट सामानहरु बरामद गरेको थियो । बरामद भएका सामानहरुमा चिनी, धानको बिउ, सुपर पावर सुर्ती, बिडी र बयल गाडाको टायर लगायतका सामानहरु बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।

बरामद गरिएका सामानहरु आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जैन परिवारको सहयोगमा भेरीलाई खानेपानी

१२ जेष्ठ २०७८, बुधबार १४:१३
नेपालगञ्ज : लायन्स क्लव अफ सिटि एमजेएफ लायन्स सन्जय जैनको परिवारले भेरी अस्पताल हाताभित्र शुद्ध खाने पानी उपलब्ध गराउन सहयोग गरेका छन् । बुधबार करिव १ लाख ८० हजार रकम मुल्य बराबरको वाटर प्युरीफाई मसिन जडान गराई सहयोग गरेका हुन् । अन्जनी माता रसोई भान्सा घरमा खाना खाने सर्वसाधारणलाई पीउनेपानीको […]