सदरलाइनडटकम,
नेपालगञ्ज : राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पोखरा जान लागेको महिला हक्की टोलीलाई नेपालगञ्ज उप–महानगरपालिकाले शुभकामनासहित विदाई गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा र उपमेयर उमा थापा मगरले महिला हक्की टोलीलाई बिहीवार उप–महानगरपालिका कार्यालयमा सफलताको शुभकामनासहित विदाई गरे । सो अवसरमा मेयर राणा र उपमेयर मगरले आगामी दिनमा हक्की खेलको नियमित प्रशिक्षणका लागि सहयोग गर्ने आश्वासन दिँदै जीतको शुभकामना दिए ।
