नगर बस संचालनको अन्तिम तयारीमा उप–महानगरपालिका

७ श्रावण २०७६, मंगलवार १९:२७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले नगर र गाउबीच जोड्ने उद्देश्यले सञ्चलनमा ल्याउन लागेको सार्वजनिक बसका लागि कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।
उप–महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बस संचालनका लागि मंगलबार चालक छनौंटका लागि प्रयोगात्मक परीक्षा लिइएको जानकारी दिए । चालक छनौंट प्रक्रियालाई पारदर्शी र निष्पक्ष बनाउन यातायात ब्यवस्था कार्यलय, ट्राफिक प्रहरी कार्यालय, यान्त्रिक कार्यालयको सहयोगमा प्रयोगात्मक परीक्षा (ट्रायल) लिइएको बताईएको छ ।
‘यातायात ब्यवस्था कार्यालयबाट सवारी चालक अनुमती पत्र लिएको भएपनि भर्ना प्रक्रियालाई पारदर्शी बनाउन पुनः ट्रायल लिइएको हो’–प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भने,–‘अधिकाँश आवेदकहरु ट्रायलमै असफल भएका छन् ।’ कार्यबाहक प्रमुखको जिम्मेवारीमा रहेकी उपप्रमुख उमा थापा मगरको उपस्थितीमा परीक्षा भएको थियो ।
उपमहानगरपालिकाले ईबिडिङ्ग मार्फत सार्वजनिक खरिद प्रक्रिया पुरा गरि सानो तीनवटा बस एक करोड २९ लाख ७४ हजार ७ सय र ठुला चारवटा बस दुई करोड १५ लाख ७६ हजार रुपियामा खरिद गरेको हो । खरिद गरिएका बस उपमहानगरपालिका मै छन् । नेपालगञ्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा नगर बस संचालन गर्न लागिएको हो ।

Next Post

नेपालगञ्जका शिक्षकलाई १० दिने योग प्रशिक्षण

७ श्रावण २०७६, मंगलवार १९:२७
सदरलाइनडटकम, नेपालगञ्ज   : शिक्षकलाई स्वास्थ्य जीवनको उपयोगिताबारे जानकारी दिन नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा कार्यरत शिक्षक शिक्षिकालाई दश दिने योग शिक्षाको प्रशिक्षण शुरु गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोग तथा नेपाल शिक्षक महासंघ, नेपालगञ्ज नगरसमितिको आयोजनामा शुरु गरिएको सो योग प्रशिक्षणको उद्दघाटन उप–महानगरपालिकाका कार्यवाहक प्रमुख उमा थापाले मंगलबार गरेकी हुन । उनले […]