श्रीरामको प्राणप्रतिष्ठाको रौनक नेपालगञ्जमा

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १७:१२
 

नेपालगञ्ज : भारतको अयोध्यामा भएको ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ को रौंनक नेपालगञ्जमा पनि छाएको छ । आइतबार रातिदेखि नेपालगञ्जको त्रिभुवन चोक, सदरलाइन लगायतका मन्दिर क्षेत्र र टोलवस्ती सजाएर राखिएको छ ।

सोमबार बिहानैदेखि नेपालगञ्जका विभिन्न स्थानमा भण्डारा, प्रसाद वितरण र रामभजनसहितका दर्जनौँ धार्मिक ¥याली आयोजना भइरहेका छन् । नेपालगञ्जमा केही स्थानमा मुस्लिम समुदायका अगुवा पनि यस खालको कार्यक्रममा देखिएका छन् ।


गत असोजमा दुई समुदायबिच विवाद भएको घटनालाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू प्रशासनमै बसेर कमान्डिङ गरिरहेका छन् ।

नगरमा निस्किएका विभिन्न ¥यालीमा सुरक्षाकर्मीले स्कर्टिङ गरिरहेका छन् । नेपालगञ्जमा दिउँसै आतसबाजी समेत भइरहेको छ । बाँकेको नरैनापुर, जानकी र डुडुवा गाउँपालिकाले ‘श्रीरामको प्राण प्रतिष्ठा अनुष्ठान’ दिन पारेर सोमबार सार्वजनिक बिदा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–जनकपुर हवाई सेवा शुरु गर्न माग

८ माघ २०८०, सोमबार १७:१२
नेपालगञ्ज : भारतको अयोध्यामा नवनिर्मित श्रीराम मन्दिरको प्राणप्रतिष्ठा गर्न लागेका अवसरमा नेपालगञ्ज–जनकपुर हवाई सेवा शुरु गर्न माग गरिएको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न भन्दै बाँकेमा रहेका धार्मिक अगुवा, पर्यटन व्यवसायी र व्यापारीले हवाई सेवाबाट भारतीय पर्यटक आकर्षित हुने बताएका छन् । भारतको अयोध्यामा श्रीराम मन्दिरको दर्शन गरेपछि नेपालको जनकपुरमा […]