बाँकेमा सोमवार मदिरा विक्रि, वितरण गर्न नपाइने

सदरलाइन संवाददाता ८ माघ २०८०, सोमबार १३:५८
 

नेपालगञ्ज : बाँकेमा सोमवार मदिरा विक्रि, वितरण बन्द गरिएको छ । भारतको अयोध्यामा सोमवार श्रीराम मन्दिरको प्राण प्रतिष्ठा गरिने भएकोले उक्त दिन मदिरा विक्रि, वितरण नगर्न मदिरा ब्यवसायी संघ, बाँके र होटल ब्यवसायी संघ नेपालगन्जले आग्रह गरेको छ ।

मदिरा ब्यवसायी संघका अध्यक्ष मिमबहादुर सिंह ठकुरी र होटल ब्यवसायी संघका अध्यक्ष रंगबहादुर खड्काले छुट्टाछुट्टै विज्ञप्ती जारी गरि जिल्ला प्रशासन कार्यालयको आग्रहमा सोमवार मदिरा विक्रि, वितरण नगर्ने निर्णय गरेको जनाएका छन् ।

८ माघका दिन भारतको अयोध्यामा हुने श्रीराम मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमका सन्दर्भमा बाँके जिल्लामा पनि धार्मिक कार्यक्रम गरिने भएकोले शान्ति, सुरक्षा ब्यवस्थापन तथा धार्मिक सद्भावका लागि सोमवार विहान ७ वजेदेखि बेलुकी १० वजेसम्म मदिरा विक्रि, वितरण नगर्ने निर्णय भएको छ,’ अध्यक्षद्वय ठकुरी र खड्काले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ठकुरीले मदिरा ब्यवसायीका वितरक, थोक विक्रेता एवम् खुद्रा विक्रेताहरुलाई आ–आफ्नो ब्यवसाय पूर्णरुपले बन्द गरिदिन आग्रह समेत गरेका छन् । भने होटल ब्यवसायी संघका अध्यक्ष खड्काले पनि विहान ७ वजेदेखि रातको १० बजेसम्म मदिरा विक्रि, वितरण नगर्न होटल ब्यवसायीलाई निर्देशन दिएका छन् ।


श्रीराम मन्दिर प्राण प्रतिष्ठाको पूर्वसन्ध्यामा नरैनापुर गाउँपालिकाले आइतवार सार्वजनिक विदा दिएको छ । स्थानीयले आइतवार ¥याली निकाल्ने भएपछि गाउँपालिकाले सार्वजनिक विदा दिएको अध्यक्ष सैयद इस्तियाक अहमद शाहले बताए ।

उनले श्रीरामको प्राण प्रतिष्ठा हुने दिन धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै दीप प्रज्ज्वलन गर्न आह्वान गरेको बताए ।

श्रीराम प्राण प्रतिष्ठा गर्ने दिन नेपालगञ्जका सामुदायिक र निजी विद्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ । तीन दिन जाडो विदा दिएको उपमहानगरले आइतवार र सोमवार विदा थप गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने

८ माघ २०८०, सोमबार १३:५८
नेपालगञ्ज : नेपालगञ्ज बसपार्कदेखि सुर्जीगाउँ जोड्ने सडक अस्फाल्ट पीच हुने भएको छ । अस्फाल्ट पीच सडक निर्माण कार्यको सोमवार एक कार्यक्रमका बीच नगर प्रमुख प्रशान्त विष्टले शिलान्यास गरे । निर्माण कम्पनी निरज एण्ड निराजन विल्डर्स नेपालगञ्ज–१८ बाँकेले ९७ लाख लागतमा निर्माण गर्न लागेको अस्फाल्ट पीच सडकको शिलान्यास गर्दै नगर प्रमुख […]