मंगलवार देखि तुलसीपुर–सल्यान सडक खण्ड बन्द

सदरलाइन संवाददाता ७ मंसिर २०७८, मंगलवार १२:४७
 

नेपालगञ्ज : मंगलवारदेखि राप्ती राजमार्ग अन्तरगत तुलसीपुर सल्यान सडक खण्ड बन्द भएको छ । सडक मर्मत गर्नुपर्ने भएकाले राम्रीदेखि रोचखोलासम्मको सकड बन्द भएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

तर पूर्णरुपमा भने बन्द भएको छैन । ७ गतेदेखि दिन २१ गतेसम्म सडक खण्डमा मर्मतको काम भइरहेकाले तीन चरणमा काम भइरहेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत अम्मरराज शर्माले बताए ।

विहान ७ बजेदेखि ९ बजेसम्म मर्मतको काम हुने छ । त्यसपछि दुई घण्टा सवारी साधन चल्न पाउनेछन् । र पछि ११ बजेदेखि दिउँसो ३ बजेसम्म काम हुने छ । त्यसपछि दुई घण्टा सवारी सधान चल्नेछन् ।

साँझ ५ बजेदेखि ७ बजेसम्म काम हुने छ । त्यसपछि विहान ७ बजेसम्म सवारी सधान चल्ने प्रशासकीय अधिकृत शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक वर्षमा बालबालिकासहित १७ राउटेको अकालमै मृत्यु

७ मंसिर २०७८, मंगलवार १२:४७
नेपालगञ्ज : पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायको अस्तित्व सङ्कटमा पर्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ । गत एक वर्षको अविधमा ६ जना बालबालिकासहित १७ जना राउटेको अकाल मृत्यु भएको उनीहरूको भलाइका लागि काम गर्दै आएको सामाजिक विकास सेवा केन्द्र (सोसेक) ले जनाएको छ । अत्यधिक मदिरा […]

सम्बन्धित