चार वर्ष थुनिएका मिश्रलाई चार वर्ष कैद फैसला

२८ जेष्ठ २०७६, मंगलवार १८:३२
 

सदरलाइनडटकम,
दाङ : घोराहीमा एक किशोरीमाथि एसिड प्रहार गरेको अभियोगमा एक जनालाई ४ बर्षपछि चार बर्ष कैदको फैसला भएको छ । घोराही उपमहानगरपालिका १७ की २२ बर्षीया रिता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका ६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला भएको हो ।
दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले चौधरीमाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, १ लाख जरिवाना र पीडितलाई १ लाख ४५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने फैसला गरेको हो । साथै अदालतले जरिवाना स्वरूपको १ लाख रुपैयाँ पनि पीडितलाईनै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपाँईले जानकारी दिए ।
उक्त घटनाका अन्य आरोपित घोराही १७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाई दिएको छ । २०७२ फागुन २७ गते बेलुका पसलमै बसेको बेला चौधरीमाथि एसिड प्रहार भएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

Next Post

सामुहिक यौनसम्पर्क राख्ने राजकुमारी पक्राउ

२८ जेष्ठ २०७६, मंगलवार १८:३२
सदरलाइनडटकम, काठमाण्डौ : सात जना युरोपेली युवासँग एकैसाथ यौनसम्पर्क राख्ने कतारकी राजकुमारीलाई होटलमा छापा हानेर रङ्गेहात पक्राउ गरिएको थियो । प्रकाउ परेपछि राजकुमारी शेख सल्वाले आफनो उद्देश्य बेलायतको कानुनको उल्लघन गर्न र कतारको इज्जत फाल्न नभएको बताएकी छन् । राजकुमारी सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा […]