सेनामा भर्ती गराउने नाममा ठगी गर्ने थापा बाँकेमा पक्राउ

सदरलाइन संवाददाता २८ माघ २०८०, आईतवार १७:३७
 

नेपालगञ्ज : नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको प्रहरी टोलीले फरार रहेका दैलेख भगवती गाउँपालिका–७ तप्लुङका ३० वर्षीय रमेशकुमार थापालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीका अनुसार कोहलपुरका ११ बसपार्ककी बालकुमारी टमटा र गोविन्द विकबाट नेपाली सेनामा भर्ती गराउने भन्दै चार लाख रुपैयाँ ठगेर थापा फरार भएका हुन् । उनले थापालाई सुर्खेतको जिल्ला सदरमुकाम वीरेन्द्रनगर–११ स्थित पिपिराबाट सुर्खेत प्रहरीको सहयोगमा पक्राउ गरिएको बताए ।


अहिले नेपाली सेनाका लागि छनोट प्रक्रिया चलिरहेको हुँदा सोही मौकामा ठग्ने नियतले थापाले पैसा असुली गरेको पाइएको प्रहरीले जनाएको छ । थापालाई बाँके जिल्ला अदालतमा हाजिर गरेर सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाउँदै डिएसपी तिवारीले अन्य व्यक्तिलाई समेत नेपाली सेनामा भर्ती गराइदिन्छु भनी थापाले रकम लिई ठगी गरेको हुनसक्ने भएको हुँदा कोही पीडित व्यक्ति भएमा यथाशीघ्र प्रहरीमा सम्पर्क राख्न अनुरोध गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुर प्रहरीद्वारा फरार प्रतिवादी भटाभट पक्राउ

२८ माघ २०८०, आईतवार १७:३७
नेपालगञ्ज : इलाका प्रहरी कार्यालय कोहलपुरले चालु आर्थिक वर्षमा विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका विभिन्न १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले चालु आर्थिक वर्षमा हालसम्म विभिन्न अपराधमा संलग्न रही अदालतबाट दोषी ठहर भएका १३ […]