अत्याधिक चिसो बढ्दा पनि नागरिकले पाएनन् दाउरा

सदरलाइन संवाददाता ३ माघ २०८०, बुधबार १७:५३
 

नेपालगञ्ज : बाँकेमा चिसो अत्यधिक रुपले बढेको छ । चिसो बढेपछि जनजीवन अत्यन्त कष्टकर बनेको छ । चिसोलाई मध्यनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले विभिन्न वडामा केहीदिनदेखि दाउरा बाँड्न थालेको छ । तर, सामान्य नागरिकले उपमहानगरपालिकाको दाउरा पाउन सकेका छैनन् ।
सर्बसाधारणलाई बाँड्ने भनिएको दाउरा उपमहानगरपालिका र वडाका जनप्रतिनिधि तथा कर्मचारीले उपयोग गरेको गुनासो आएको छ । सर्बसाधारणलाई बाँड्ने भनेर खरिद गरेको दाउरा पहुँचवाला कहाँ पुग्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ’जनतालाई बाँड्ने दाउरा नगरपालिकाका र वडाका जनप्रतिनिधि तथा कर्मचारीका घरमा पुर्याइएको छ,’ प्रत्यक्षदर्शीले भने ।


चिसोमा दाउरा नपाउँदा सामान्य नागरिकको अवस्था दयनीय बनेको छ । दैनिक काम गरेर खाने सर्बसाधारणको अवस्था कष्टकर देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको विभिन्न स्थानमा दाउरा वितरण

३ माघ २०८०, बुधबार १७:५३
कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले करिब ९५ स्थानमा दाउरा वितरण गरिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडाका करिब ९५ स्थानमा दाउरा वितरण गरिएको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए । पौष २८ र २९ र माघ १ र २ गते करिब ९५ स्थानमा दाउरा वितरण गरिएको […]

सम्बन्धित