कोहलपुर(बाँके) : शनिवार कोहलपुरमा चक्काजाम गरिएको छ । कोहलपुर ११ शान्तिनगरका झण्डै ७ सय घर परिवारको बसाईसराई नबनाईदिएको भन्दै कोहलपुरको चौरहामा अव्यवस्थित भूमिहीन तथा सुकुम्बासी संघर्ष समिति कोहलपुरले चक्काजाम गरेको हो ।
कोहलपुर वडा नं. ११ मा रहेको नगर बिकासको सरकारी जग्गा पाउनु पर्ने भन्दै संघर्ष समिति कोहलपुरले चक्काजाम गरेका हुन् । शनिवार बिहानैदेखि कोहलपुरमा चक्काजाम गरिएको थियो ।
संघर्ष समितिले संबिधानमा मौलीक हकका रुपमा कायम रहेको व्यक्तिगत घटना दर्ता अर्थात बसाई सराई दर्ता गरि दिन माग गर्दै आफुहरु धर्नामा बसेको बताएको छ । चक्काजामका बेला त्यस स्थानको सुरक्षालाई मध्यनजर गर्दै ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । फोटो : बिकल्प भट्टराई .