कोहलपुरको विभिन्न स्थानमा दाउरा वितरण

सदरलाइन संवाददाता ३ माघ २०८०, बुधबार १८:०३
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले करिब ९५ स्थानमा दाउरा वितरण गरिएको छ । कोहलपुर नगरपालिकाका १५ वटै वडाका करिब ९५ स्थानमा दाउरा वितरण गरिएको नगर प्रहरी प्रमुख विर बहादुर थापाले जानकारी दिए । पौष २८ र २९ र माघ १ र २ गते करिब ९५ स्थानमा दाउरा वितरण गरिएको थापाले जानकारी दिए ।

बालबालिका, बृद्धबृद्धा, सुत्केरी महिला, अपांगता भएका व्यक्ति, मठमन्दिर, टोल टोलका चोक चोकमा लगायत ९५ स्थानमा दाउरा वितरण गरिएको थापाले जानकारी दिए ।

थापाका अनुसार कोहलुर नगरपालिका वडा नं. ११ का विभिन्न स्थानहरुमा सडकको छेउछाउमा सडक पिच भएका कारणले ड्रम व्यवस्थापन गरी आगो ताप्ने व्यवस्थापन गरिएको बताए ।

यस्तै कोहलपुर वडा नं. १ मा कौशिलानगर प्रहरी विट, वडा नं. २ मा कृष्ण मा.वि चोक, मनकामना चोक, सशस्त्र प्रहरी चोक, मैटहवा त्रिपुरेश्वर शिव मन्दिर, एनसीसीएन प्रतिक्षालय, विकास नगर चोक, सालको बुटा र मान्छे वितेको घरमा (श्याम भट्टराई) स्थानमा वितरण गरिएको छ ।

यस्तै वडा नं. ३ मा हनुमान मन्दिर, मैटहवा शिव मन्दिर, मदनचोक, किरण नाला मन्दिर, शिव शंकर मनकामना मन्दिर र सानो मैटहवा कैलाश मन्दिर, वडा नं. ४ मा मदनचोक प्रहरी विट र गोहवा मन्दिरमा दाउरा वितरण गरिएको छ ।


वडा नं. ५ मा मनकामना मन्दिर पृथ्वीनगर, शिव मन्दिर प्रगतिनगर शान्तिनगर मन्दिर, रझेना चोक, प्रगतीनगर टोल र निलसागर आश्रम, वडा नं. ६ मा मान्छे वितेको ठाउँ (विरेसमति खनाल) र वडा नं. ७ मा वडा कार्यालय र लखनवार मन्दिर, वडा नं. ८ मा पिपरी चोक पुर्व, सिद्धार्थ हार्डवेयर चोक र गोल्छा चोक पुर्व मा दाउरा वितरण गरिएको छ ।

यस्तै वडा नं. ९ मा पिपरी चोक पश्चिम, भवानीपुर चोक र वडा कार्यालय, वडा नं. १० मा हाईस्कुल प्रहरी विट, विद्युत रोड चोक र राम जानकी मन्दिरमा दाउरा वितरण गरिएको छ ।

यस्तै वडा नं. ११ मा थारु गाउँ होटेल चोक, न्युरोड चोक, साझा चोक, चौराहा चोक, प्यन्सन क्याम्प, वागेश्वरी क्याम्पस गेट, पुरानो बसपार्क, जेष्ठ नागरिक, आशा एकेडेमी चोक, सिता मेडिकल चोक, गोलपार्क, राम जानकी मन्दिर, शिव मन्दिर, श्रीजना दुध डेरी चोक, नापी कार्यालय कोहलपुर, पिपल चौतारा चोक, वृद्ध महिला (कलावति गिरी), मान्छे वितेको घरमा (सहदेव थारु), विन्दावासिना इन्टरप्राइजेज अगाडी (ड्रम सहित), काफ्ले शु–सेन्टर (ड्रम सहित), शुभलक्ष्मी अगाडी) अन्जली फुटवयर सप्लायर्स (ड्रम सहित), कृषि विकास बैँक अगाडी (ड्रम सहित) भेरी कर्णाली सु–सेन्टर अगाडी (ड्रम सहित), कामना सेवा विकास विकास बैँक लि. (ड्रम सहित), राष्ट्रिय वाणिज्य बैँक अगाडी (ड्रम सहित), सुपर काठमाँडौ सेल अगाडी (ड्रम सहित) अमृत जनरल एण्ड अर्डर सप्लायर्स (ड्रम सहित) साझा पुर्व चोक (ड्रम सहित), भेरी कर्णाली भाडा पसल (ड्रम सहित), वेष्ट प्वाइन्ट ल्यापटप कम्प्यूटर रिपियर सेन्टर अगाडी (ड्रम सहित), ओम कालिका हस्पिटल (ड्रम सहित), कौशिल्या हस्पिटल (ड्रम सहित), पौडेल फेन्सी स्टोर अगाडी (ड्रम सहित), अधिकारी एग्रोभेट सेन्टर (ड्रम सहित) थान–२, गैरे अफसेट अगाडी (ड्रम सहित), राजश्व अनुसान्धान अगाडी (ड्रम सहित), नयाँ बसपार्क प्रहरी विट (ड्रम सहित), दुर सञ्चार चोक र मेडिकल कलेजमा दाउरा वितरण गरिएको छ ।

यस्तै वडा नं. १२ मा चप्परगौडी पुल नजिक, खड्कवार चोक, राम जानकी मन्दिर, दिप ज्योती चोक, दुध डेरी चोक, गरिमा विकास बैँक, वडा कार्यालय जाने चोक नजिक र ओम पेट्रोल पम्प, वडा नं. १४ मा हवल्दारपुर चोक पुर्व, हवल्दारपुर चोक पश्चिम र पार्वतीपुर मन्दिर, वडा नं. १५ मा चौधरीया गाउँ चोक, अक्कलघरुवा चोक, गायत्री मन्दिर चन्नहवा र जयगुरुदेव मन्दिर चन्नहवामा दाउरा वितरण गरिएको छ ।

यस्तै साईबाबा केन्द्र दशविगाहा, गोलपार्क पुर्व प्रहरी संगठन, कृषि बजार कोहलपुर, ज्येष्ठ नागरिक (नवराज आचार्य), वडा नं १० वडा कार्यालय र साझा चोक गरी ९५ वटा स्थानमा दाउरा वितरण गरेको नगर प्रहरी प्रमुख थापाले बताए । थप दाउरा अझै वितरण कार्य जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हर्साेल्लासका साथ माघी सम्पन्न

३ माघ २०८०, बुधबार १८:०३
नेपालगञ्ज : बाँकेका हरेक थारु बस्तीमा धूमधामका साथ माघी मनाइएको छ । गरिब, मध्यम, धनी जस्तोसुकै वर्ग भए पनि तराईका थारुहरू माघी पर्वलाई भव्य रूपमा मनाउँछन् । माघ १ गते थारु जातिको स्वतन्त्रताको दिन हो । त्यति मात्र होइन, यस दिनलाई उनीहरूले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । सधैँ खेतीपातीमा […]