कोरोनाबाट भेरी अस्पतालमा एक जनाको मृत्यु

सदरलाइन संवाददाता ३ श्रावण २०७८, आईतवार १४:०९
 

नेपालगञ्ज : कोरोना संक्रमण से भेरी अस्पताल नेपालगञ्जमा थप एकजनाको मृत्यु भएको छ । झिमरुक गाउँपालिका ५ प्यूठानका ६८ वर्षीय पुरुषको आइतवार विहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोक लपर्सन तेज वलीले जानकारी दिए ।

असार २९ गते भाइरस संक्रमण पुष्टि भएपछि उनी त्यसको दुई दिनपछि ३१ गते भेरी अस्पतालको कोविड वार्डमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नआउँदा उनको उपचारकै क्रममा विहान ११ बजे मृत्यु भएको बताइएको छ ।


योसँगै उपचारका लागि बाँकेका आएका बाहिरी जिल्लाका मृतक संख्या ३ सय ७३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवारदेखि भेरोसेल खोप लगाउन शुरु

३ श्रावण २०७८, आईतवार १४:०९
नेपालगञ्ज : बाँकेमा आजदेखि पुनः कोरोना भाइरस विरुद्धको खोप भेरोसेल लगाउन शुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार अहिले प्राप्त भेरोसेल खोप जिल्लामा दुई चरणमा लगाइनेछ । पहिलो चरणमा आजदेखि ५ गतेसम्म चार वटा पालिकामा भेरोसेल खोपको पहिलो डोज लगाइनेछ । बैजनाथ, डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा खोप लगाइँदैछ […]