अष्टोत्तरशत १०८ श्रीमद् भागवत पारायण ज्ञानमहायज्ञ महोत्सवको आयोजना हुँदै

१३ चैत्र २०७३, आईतवार १८:५४
 

सदरलाइनडटकम  


१३ चैत, नेपालगन्ज   : आगामी चैत १६ गतेदेखि नेपालगन्जमा अष्टोत्तरशत १०८ श्रीमद् भागवत पारायण ज्ञान महायज्ञ महोत्सवको आयोजना हुने भएको छ ।आठदिनसम्म सञ्चालन हुने सो महोत्सव फुल्टेक्रा हडियाबाबा आश्रममा आयोजन ागर्न लागिएको तयारी समितिका संयोजक पशुपतिदयाल मिश्रले जानकारी दिए ।
विश्व शान्ति, राष्ट्र कल्याण र बाँकेको समृद्धि एवं पितृ उदारार्थ शुरु हुने महोत्सवमा डा. स्वामी चक्रपाण्ी आचार्यले प्रवचन दिने महोत्सव संयोजक मिश्रले जानकारी दिए । बाँके जिल्लावासीका तर्फबाट आयोजित महोत्सवको प्रचारप्रसार, व्यवस्थापन लगायतको तयारी तीव्र रुपमा बढाइएको       आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आध्यामिक जागरणका साथै शान्ति तथा समृद्धिका लागि सञ्चालन गरिने महोत्सवमा वेद गीता लगायत विभिन्न ग्रन्थको पाठ, नित्य हवन, राम कथा ज्ञान महायज्ञ आदि गरिने आचार्य डा. आचार्यले जानकारी दिए । सो अवसरमा सामुहिक ब्रतबन्ध, लक्षदिप, ग्रह शान्ति लगायतका कार्यहरु गर्न सकिने गरी तयारी अगाडि बढाईएको अर्का संयोजक नन्दलाल बैष्यले जानकारी दिए । उनले महोत्सवमा सहभागीता र कथा श्रवणका लागि सवैमा अपिल समेत गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कृष्णा ताजा तरकारी उत्पादन कृषक समुह हिरमिनियाको तेस्रो सार्वजनिक सुनुवाई

१३ चैत्र २०७३, आईतवार १८:५४
सदरलाइनडटकम        १४ चैत, नेपालगन्ज : कृष्णा ताजा तरकारी उत्पादन कृषक समुह हिरमिनियाको तेस्रो सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । समुहकी अध्यक्ष कुष्णा देवि खटिकको अध्यक्षतामा भएको कार्यक्रममा आयव्यय समेत प्रस्तुत गरिएको थियो । जिल्ला कुषि बिकास कार्यालय बाँकेका मत्स्य विकास अधिकृत वसिर अहमद खाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा […]

सम्बन्धित