कैलालीको पथरैया नदीमा आएको बाढीले सयौं घर डुवानमा

सदरलाइन संवाददाता १४ भाद्र २०७९, मंगलवार १३:१६
 

कैलाली : पथरैया नदीमा आएको बाढीले कैलालीका सयौं घर डुबानमा परेका छन् । भजनी नगरपालिका–८ मा नदीको पानीले सतह पारगरी गाउँ पसेपछि जनकपुर गाउँ, कालिका टोल जलमग्न बनेका हुन् ।


घरमा बाढी पसेसँगै यहाँका नागरिक हुलाकी सडक र उच्च स्थानमा आश्रय लिइरहेको प्रहरीले जनाएको छ । यहाँ अझै वर्षा जारी रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

७० जिल्लामा डेंगु फैलियो, लुम्बिनीमा ४०२ जनामा संक्रमण

१४ भाद्र २०७९, मंगलवार १३:१६
नेपालगञ्ज : नेपालका ७० जिल्लामा डेंगु संक्रमण विस्तार भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत पुसदेखि आइतबारसम्म २ हजार ५ सय ३९ जनामा डेंगु पुष्टि भइसकेको छ । टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै १७ जना उपचाररत छन्, तीमध्ये चार जना आईसीयूमा छन् । यहाँ दिनहुँ ७० […]