चिसोका कारण हुम्लाका विद्यालय बन्द

सदरलाइन संवाददाता २८ पुष २०८०, शनिबार १३:१८
 

हुम्ला : हुम्लाका अधिकांश सामुदायिक विद्यालय बन्द गरिएका छन् । वार्षिक परीक्षा सम्पन्न भएको र चिसोका कारण डेढ महिनाका लागि सबै तहका विद्यालय बन्द गरिएका हुन् ।

ताँजाकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख जयरुद्र ढकालका अनुसार गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा हिउँदे बिदा गरिएको हो । यस शैक्षिक सत्रको वार्षिक परीक्षा लिएर नतिजा सार्वजनिक गरिएपछि विद्यालय डेढ महिनाका लागि बन्द गरिएका हुन् । चिसो बढी हुने भएका कारण हिमाली जिल्लामा हिउँदे बिदा दिने नियम अनुसार गाउँपालिका शिक्षा समितिको निर्णय अनुसार विद्यालय बन्द गरिएको बताइन्छ ।


शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले जिल्लाभरिका १५१ वटा विद्यालय बन्द भएको बताए । जिल्लामा १४६ वटा सामुदायिक, एउटा धार्मिक र चार वटा संस्थागत विद्यालय छन् । उनले विद्यालय फागुन २ बाट सञ्चालन हुने जानकारी दिए । एकाइका अनुसार जिल्लाका सात वटा गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ वटा र ताँजाकोटमा १६ वटा विद्यालय छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मन्त्री नमुना बस दुर्घटनाका घाइते भेट्न शिक्षण अस्पतालमा

२८ पुष २०८०, शनिबार १३:१८
नेपालगञ्ज : लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री कृष्णा केसी (नमुना)ले भालुबाङ बस दुर्घटनाका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी छन् । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुगेर उपचाररत दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्था बुझ्दै उनले उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिएकी हुन् । दुर्घटनामा घाइते भएकाहरूको शीघ्र […]