जब्दीघाटमा पुल निर्माणको मागसहित प्रदर्शन

सदरलाइन संवाददाता २४ पुष २०८०, मंगलवार १८:०३
 

बर्दिया : ६ वर्षअघि हस्तान्तरण नहुँदै भासिएको जब्दीघाटस्थित बबई पुल निर्माणमा सरकारले चासो नदिएको भन्दै स्थानीयले मंगलबार गुलरियामा प्रदर्शन गरेका छन् ।

जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको जुलुस नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयअगाडि गएर प्रदर्शनमा टुंगिएको थियो ।

स्थानीय बासिन्दाले ‘जब्दीघाटमा पुल बनाउ सरकार,नत्र भने हामीलाई छैन तिम्रो दरकार’,‘पुल निर्माण नभए भोट दिँदैनौ, पुल नहुँदा सर्वसाधरणले पाएका छन् सास्ती’ लगायतका नारा लगाएका थिए । करिब एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलमार्फत राष्ट्रपति,प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए ।


पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भासिएको थियो भने ०७९ साल असोज २० गते आएको बाढीले बगाएको हो । पुल बगाएपछि उत्तर दक्षिण जोड्ने राजमार्ग अवरोध हुँदा करिब १ लाख बासिन्दा प्रभावित भएका छन् । लामो समयदेखि नयाँ पुल निर्माण गर्न जनदबाब बढ्दै गएको छ ।

डिभिजन सडक कार्यालय, नेपालगञ्जका अनुसार नयाँ पुल बनाउन गुलरिया नगरपालिका—४ र बारबर्दिया नपा—११ मा बबई नदी पुल नामकरण गरिएको छ । डिभिजन सडक कार्यालयले ४ सय मिटर लामो पुल निर्माणका लागि करिब १ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । स्रोत सुनिश्चिताका लागि अर्थ मन्त्रालयमा फाइल स्वीकृतका लागि जेठमै पठाए पनि अर्थ मन्त्रालयले चासो दिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेशको क्रिकेट टिम छनौटप्रति बाँकेको आपत्ति

२४ पुष २०८०, मंगलवार १८:०३
नेपालगञ्ज : सिद्धार्थनगरमा पुस २८ शनिबारदेखि शुरु हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लुम्बिनी प्रदेशबाट तयार भएको प्रदेश क्रिकेट टिमबारे बाँके जिल्ला क्रिकेट संघले बिरोध जनाएको छ । छनौट खेलमा विजेता रहेको बाँके जिल्लाबाट केवल ३ जना खेलाडी पर्ने गरि २२ जनाको अन्तिम नामावली प्रति आफुहरुको बिरोध रहेको पत्रमा […]