श्री एयरलाइन्समा धुवाँ निस्किएपछि नेपालगञ्ज फर्काइयो

सदरलाइन संवाददाता १९ श्रावण २०७९, बिहीबार १५:१५
 

नेपालगञ्ज : नेपालगञ्जदेखि काठमाण्डौका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ ।

नेपालगञ्ज विमानस्थल प्रमुख सुरेश खनालका अनुसार, बिहीवार विहान ९ बजेर ४९ मिनेटमा काठमाडौंका लागि उडेको श्रीको बमबार्डियर ड्यास क्यू ४०० विमानको शौचालयभित्र धुवाँ निस्किएको संकेत ककपिटमा रहेको उपकरणमा देखिएपछि चालक दलले उक्त विमानलाई ६ मिनेटमै नेपालगञ्ज विमानस्थलमा फर्काएका थिए ।


पाइलटले ल्याबोटरीमा धुवाँ निस्किएको संकेत देखिएपछि ५ माइल अर्थात करिब ९ किलोमिटर बाटै जहाज फर्काएको विमानस्थल प्रमुख खनालले बताए । जहाज अवतरण भइसकेपछि पनि धुवाँ निस्किएको थियो । इन्जिन बन्द गरेपछि धुवाँ पनि रोकियोको उनको भनाई छ । श्रीसँग बमबार्डियर ४ र सीआरजे ४ गरी ८ वटा जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु

१९ श्रावण २०७९, बिहीबार १५:१५
दाङ : दाङ देउखुरीको लमही नगरपालिका–६ देउपुरमा बिहीवार बिहान ट्रयाक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । लु ४ त ८१०६ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको मृत्यु भएको हो । बिहान ६ बजे ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको […]