तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री

सदरलाइन संवाददाता १८ जेष्ठ २०८१, शुक्रबार १८:४३
 

काठमाडौँ  : लामो खडेरीको कारण नेपालगञ्जमा अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाले साँझ ६ बजे प्राप्त अभिलेखमा नेपालगञ्जको ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए । उनका अनुसार बिहिबार दिउँसो धनगढीमा ४४ दशमलव १ डिग्री तापक्रम रेकर्ड भएको थियो । त्यसलाई उछिनेर नेपालगञ्जले ‘रेकर्ड ब्रेक’ गरेको हो ।

यसअघि अघिल्लो महिनामा भैरहवामा ४३ दशमलव ६ डिग्री रेकर्ड भएको थियो । बिहिबार विराटनगरमा ४१ डिग्री, दाङको घोराहीमा ४० दशमलव २ डिग्री तापक्रम अभिलेख भएको छ ।


काठमाडौँ र पोखरामासमेत तापक्रम बढिरहेको छ । पोखरामा ३४ र काठमाडौँमा ३४ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाइएको छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अत्याधिक गर्मीकाकारण डुडुवाका शैक्षिक संस्था पाँचदिन बन्द

१८ जेष्ठ २०८१, शुक्रबार १८:४३
  डुडुवा (बाँके) : बाँकेमा लामो समयको खडेरीका कारण अत्याधिक गर्मी बढेपछि बाँकेको डुडुवा गाउँपलिकाले शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्र्तगतका सबै शैक्षिक संस्था बन्द गरेको छ । विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजिवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि […]

सम्बन्धित