बस दुर्घटनामा मृतकको संख्या आठ पुग्यो

२५ श्रावण २०७६, शनिबार १३:४१
 

सदरलाइनडटकम,
धादिङ : बेनीघाटरोराङ गाउँपालिका ३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । मृतकमध्ये दुई जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका एक महिला, एक बालिका र चार पुरुषको सनाखत हुन सकेको छैन ।
शुक्रवार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाण्डौतर्फ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमा र दुई जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो ।
यसैगरी कृष्णभिरमा एक पुरुषको शव तथा चितवनको देवघाटमा दुई महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ । पृथ्वी यायायात समितिमा आबद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो ।
केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए । दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए ।

Next Post

गाई संरक्षणका लागि मन्त्री राईद्वारा ५० हजार प्रदान

२५ श्रावण २०७६, शनिबार १३:४१
सदरलाइनडटकम, नेपालगञ्ज : संघिय सरकारका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले गाई नियन्त्रण तथा ब्यवस्थापनकालागि १ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । शनिवार गृहजिल्ला बाँकेको नेपालगञ्ज पुगेका मन्त्री राइले गाई बचाउ अभियान सञ्चालन गरिरहेका स्थगानिय युवाहरुलाई भेटी छाडा चौपाया (गाई)को उचित ब्यवस्थापनकालागि संसदीय कोषबाट १ करोड रकम उपलब्ध […]