जानकीमा जेष्ठ नागरिकलाई कम्बल वितरण

सदरलाइन संवाददाता २१ पुष २०८०, शनिबार १७:३३
 

नेपालगञ्ज : जानकी गाउँपालिका वडा नं. ५ मा जेष्ठ नागरिक, गरिब तथा अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ । जेष्ठ नागरिकलाई जाडो मौसममा न्यायो प्रदान गर्न सम्मान सहित कम्बलहरु वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले ३ सय ७५ जना जेष्ठ नागरिक, गरिब तथा अति विपन्न परिवारलाई न्यानो कम्बल वितरण गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष छब्बन खाँ, वडा नम्बर ५ का वडा अध्यक्ष तथा प्रवक्ता टीकानाथ यादवले वडाका स्थानीयहरुलाई कम्बल वितरण गरेका हुन् । वडा अध्यक्ष यादबका अनुसार वडामा रहेका ७० वर्ष माथिका अति गरिब र विपन्न ३ सय ७५ जनालाई कम्बल विरतण गरिएको छ ।


उनले वडामा रहेका जेष्ठ नागरिकलाई जाडो मौसममा न्यायो प्रदान गर्न सम्मानसहित उक्त कम्बलहरु वितरण गरिएको बताए । त्यस्तै पालिका अध्यक्ष छब्बन खाँले पालिकाका अन्य स्थानमा पनि कम्मल वितरण गरिने बताए । उनले पालिकामा रहेका जेष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले कम्मल वितरण कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा वडा सदस्य मोहम्मद सरीफ खाँ, विर्मला हरिजन, कार्यपालिका सदस्य कान्तु कान्दु, योजना शाखाकी प्रमुख शोभा पौडेल, विपद तथा वातावरण शाखाका प्रमुख राजेन्द्र वाजपेयी साथै स्थानियहरुको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरले भ्यु टावर सञ्चालन गर्न दाता खोज्दै

२१ पुष २०८०, शनिबार १७:३३
नेपालगञ्ज : कोहलपुर नगरपालिकाले गौरवका दुई आयोजना सञ्चालनका लागि साझेदारी संस्थाको खोजी सुरु गरेको छ । सम्भावित दाताहरुलाई कोहलपुरमा भेला गरेर नगरपालिकाले साझेदारीको आव्हान गरेको हो । निर्माण सम्पन्न भएर पनि संचालनमा नआएका दुई ठूला गौरवका आयोजना नयाँ बसपार्कको टर्मिनल भवन र भ्युटावर संचालनका लागि साझेदारी संस्थाको खोजी नगरपालिकाले गरेको […]

सम्बन्धित