आगलागी पीडितलाई राहत उपलब्ध गराइने छ : सांसद नमुना

सदरलाइन संवाददाता १४ बैशाख २०८०, बिहीबार १६:१२
 

नरैनापुर (बाँके) : लुम्बिनी प्रदेशकी सांसद कृष्णा केसी ‘नमुना’ ले नरैनापुरका आगलागी पीडितलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाएकी छन् । नरैनापुर–३, ४ र ६ का आगलागी पीडितलाई प्रत्यक्ष भेट गर्दै सांसद केसीले प्रदेश सरकारबाट पीडितलाई राहत उपलब्ध गराउने बताएकी हुन् ।

‘आगलागीको घटनाले मलाई दुःखी बनाएको छ, तपाईको यो पीडामा केही भएपनि मल्हम लगाउन म पहल गर्नेछु,’ उनले भनिन् ‘प्रदेश सरकारले नियम अनुसार दिने राहतका लागि पहल गर्छु, आवश्यक प्रक्रिया पुर्याएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुहोला ।’

लुम्बिनी प्रदेश सरकारबाट एक घर परिवार ४० हजार रुपैयाँका दरले राहत वापत रकम उपलब्ध गराइने पनि केसीले प्रतिवद्धता जनाइन् । उनी नरैनापुर गाउँपालिका पर्ने बाँकेको प्रदेश सभा १ क बाट लुम्बिनी प्रदेश सांसदमा निर्वाचित भएकी थिइन् ।


आगलागी पीडितले मुचुल्का, सिफारिस लगायत विषयमा समस्या भइरहेको गुनासो गरेका थिए । सोही कुरालाई मध्यनजर गर्दै उनले पीडितलाई पीडा होइन राहत दिनुपर्ने बताइन् । राहतको लागि गर्नुपर्ने प्रक्रियामा जहाँ समस्या आउँछ, त्यहाँ आफु रहेको भन्दै उनले समस्या समाधानका लागि आफु तत्पर रहेको प्रतिवद्धता ब्यक्त गरिन् ।

सांसद केसीले आगलागी पीडितको मागअनुसार स्थानीय प्रहरीलाई भएको क्षति अनुसार मुचुल्का बनाइदिन निर्देशन समेत दिइन् । ‘आगलागीबाट घरमा भएको क्षतिको पूरै मुचुल्का बनाइदिनुहोला, पीडितले पीडा होइन, सहजरुपमा राहत पाउनुपर्छ, यसमा तपाईको सहयोग हुनुपर्छ,’ सांसद नमुनाले प्रहरीलाई निर्देशन दिदैं भनिन्, ‘यहाँबाट तपाईहरुले भएको क्षतिको मुचुल्का बनाएर पठाउनु होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पूर्वराजा शाहको नागरिक अभिनन्दनका लागि समिति र उपसमिति गठन

१४ बैशाख २०८०, बिहीबार १६:१२
नेपालगञ्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनलाई भव्य बनाउन नेपालगञ्जमा तयारी भइरहेको छ । पूर्वराजाको नेपालगञ्जमा हुने नागरिक अभिनन्दनका लागि पाँच हजार एक सदस्यीय मूल समिति र १४ वटा उपसमिति बनाइएको छ । राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डा. धवल शमशेर राणाको संयोजकत्वमा राजतन्त्र पक्षधर र हिन्दु संघ संंस्थाका प्रतिनिधिलाई […]

सम्बन्धित