सिक्टामा विशेष अदालतको ठहर : नहर भत्किनुको कारण घुलनशील माटो

सदरलाइन संवाददाता ९ फाल्गुन २०७९, मंगलवार १५:०३
 

नेपालगञ्ज : विशेष अदालतले सिक्टा सिँचाइ आयोजनामा ठेकेदार र कर्मचारीको बदनियतका कारण नभई कमशल माटोका कारण नहर भत्केको ठहर गरेको छ ।

विशेषले ५ असार २०७९ मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक गर्दै घुलनशील माटोका कारण नहर भत्केकाले निर्माणमा संलग्नहरुको कुनै दोष नभएको निष्कर्ष निकालेको हो ।


फैसलामा भनिएको छ, ‘प्रतिवादीहरुले मिलेमतो गरी आफूहरुलाई फाइदा र सरकारलाई हानी नोक्सानी पु¥याउने बदनियतले नहरको डिजाइन र निर्माण गरी भ्रष्टाचार गरेको भन्ने दावी पुष्टि हुन नसकेकाले आरोपितहरुले सफाइ पाउने ठहर्छ ।’

विशेष अदालतले सिक्टाको मूल नहरको डिजाइनमा त्रुटि पनि नदेखिएको बताएको छ । ‘‘उक्त क्षेत्रमा रहेको घुलनशील माटोको कारणले भएको भन्ने सम्बन्धित बिषयका विज्ञहरूको स्थलगत अध्ययन प्रतिवेदनहरू र अदालतमा गरेको वकपत्र समेतबाट देखियो’ पूर्णपाठमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

उद्योग सञ्चालन नहुँदासम्म समृद्धि हुन सक्दैन : मन्त्री भण्डारी

९ फाल्गुन २०७९, मंगलवार १५:०३
कोहलपुर (बाँके) : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्यमान समयमा देशमा उद्योग सञ्चालन गर्न नसकिए देशको आर्थिक समृद्धि कहिले हुन नसक्ने बताएका छन् । कोहलपुर उद्योग बाणिज्य संघको आयोजनामा मंगलवार उद्योगी तथा ब्यापारीहरु सँग अन्तरक्रिया कार्यक्रममा भण्डारीले उक्त कुरा बताएका हुन् । भण्डारीले स्थानीय राजनितिक दलहरुका कारण देशमा […]

सम्बन्धित