जस्ने गौसुलवरा कन्फ्रेन्स नेपालगञ्जमा हुने

२० फाल्गुन २०७६, मंगलवार १८:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : १२ औं जस्ने गौसुलवरा कन्फ्रेन्स बिहीवार नेपालगञ्जमा हुने भएको छ । बिगत ११ वर्षदेखि फुल्टेक्रामा हुँदै आएको कन्फ्रेसमा भारतको विभिन्न ठाउँबाट मुस्लिम धर्म गुरुहरु आउने भएका छन् । कन्फ्रेन्स राती ८ बजेदेखि शुरु हुने हाजी रज्जब अलि अन्सारीले जानकारी दिए ।
जसमा मुख्य व्यक्तिको रुपमा मुकरिरे खुसुसी, पिरे तरिकत रहबरे राहें शरिअत खतिबे जिशान हजरत, अल्लामा मैलाना, सैयद अल्हाज मोहम्मद आमिर मसऊदी साहब किब्ला खानकाह मस्ऊदीया बान्दा युपी, साथै जेरे निजामत हजरत हाफिज व कारी हस्सान रजा साहब किब्ला बरेली शरिफ, मुकरिरे जिशान फाजिले जलिल हजरत मौलाना नोमान अख्तर फेकुल जमाली साहब किब्ला झारखण्ड बिहार, त्यसैगरी शायरे हर दिल अजिज जनाब सन्दल जलाल पुरी अम्बेडकर नगर युपी, र शायरे हिन्दुस्तान बुलबुलेबागे मदिना जनाब मुबारक हुसैन मुबारक साहब झारखण्डको उपस्थितिमा कार्यक्रम सञ्चालन हुनेछ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ मा प्रत्येक वर्ष गौसुलवरा कन्फ्रेन्स सञ्चालन गरिएको हाजी रज्जब अलि अन्सारीले बताए ।

Next Post

कोरोनाको सतर्कताका लागि प्रशासनलाई ज्ञापन

२० फाल्गुन २०७६, मंगलवार १८:२९
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाईरसको समस्या जटिल बन्दै गएपछि बाँकेका अधिकारकर्मीले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् । सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको पहलमा अध्यक्ष विश्वजित तिवारी नेतृत्वको टोलीले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लाका नागरिकलाई सरक्षाको अनुभुति दिन, नागरिकको स्वस्थ भई बाँच्न पाउने अधिकार सुनिश्ति […]