पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण सम्पन्न

सदरलाइन संवाददाता १४ पुष २०८०, शनिबार १९:२९
 

नेपालगञ्ज : बाँकेमा एमडिएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय बिशिष्ठता समूह बि–ग्रुपद्वारा सञ्चालित पेशागत तथा बाताबरणिय स्वास्थ्य सहयोग परियोजनाबाट ३ पालिकाका ६ सय किसान र सरसफाईकर्मी लाभान्वित भएका छन् ।

परियोजनाले जिल्लाका तिनवटै पालिकाका प्रांगारिक खेती प्रणाली अपनाउने १ सय ५० किसान र ४ सय ५० सरसफाई जन्य कार्यमा संलग्न सरसफाईकर्मीका लागि स्वास्थ्य विमा, टिडि भ्याक्सिन, पिपिईसेटलगायतको पेशागत सुरक्षाका साथै विभिन्न उपकरण उपलब्ध गराएको बि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारले जनाकारी दिए ।

उनले भने–‘ परियोजना सञ्चालन भएको २० महिना भयो यसले किसानलाई बिषाधी र रशायनको प्रयोग नगर्न वा न्यूनिकरण गर्न सिकाउनुको साथै स्वास्थ्यमा पर्नसक्ने खतराबाट जोखिनको लागि स्वास्थ्य विमा, टिडि भ्याक्सीन लगाउनुको साथै पिपिई सेट उपलब्ध गराई सुरक्षित काम गर्नसक्ने बनाईएको छ । यसैगरी सरसफाईकर्मीलाई पनि यो सुविधा छ ।’

उनले परियोजनाले उनीहरुको काम प्रतिको जोखिमलाई न्युनिकरण गर्न र उनीहरुलाई सम्मानजनक काम गर्ने बाताबरण तयार गर्नको लागि एमडिएम फ्रान्ससंगको सहकार्यमा परियोजना सञ्चालन गरेको बताए । उनले परियोजनाले सरसफाईकर्मीको कामप्रतिको सम्मान गर्ने र किसानलाई बिषाधी रहित प्रांगारिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा अन्नबालीको बजारिकरणको समेत सहकारी मार्फत व्यवस्था मिलाईएको बताए ।


कार्यक्रममा नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले परियोजनाले नेपालगञ्ज उपमहानगरका सरसफाईकर्मी र किसानका लागि महत्वपूर्ण योगदान दिनुको साथै पेशागत सुरक्षाको प्रत्याभूती दिलाएको बताए । उनले परियोजनाले स्थानीय तहलाई ठूलो सहयोग पुराएको बताउदै आफुहरुले परियोजनालाई पूर्णरुपले सहयोग पुराउने प्रतिबद्धता जनाए ।

सो अवसरमा परियोननाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई समेत गरिएको थियो । परियोजना सञ्चालन भएदेखि गरिएको विभिन्न क्रियाकलापकको बारेका जानकारी गराउदै परियोना अधिकृत समद सिद्दिकीको प्रस्तुती रहेको कार्यक्रममा बि–ग्रुपका अध्यक्ष टेकबहादुर पुनले परियोजनाका विषयमा आएका सुझावलाई परिमार्जन गरे अघि बढ्ने प्रतिबद्धता जनाए ।

बाँकेमा सञ्चालनमा रहेको सो परियोजनाबाट सरसफाइकर्मी, कवाडको कामगर्ने र किसान परिवारका २ हजार ९ सय ४० जनाले स्वास्थ्य विमाको सुविधा पाउनुको साथै विभिन्न विषयमा पेशगत दक्षताको सिप र ज्ञानका लागि सहकारी समेतलाई तालिम दिईएको छ ।

सो कार्यक्रममा खजुरा–२ का वडा अध्यक्ष धनिराम वली, नेपालगञ्ज–२० का कौशल कुमार धोबी, ६ का समिर प्रताप शाह, ४ का गोपाल पुन, डुडुवा ६ का मोनराम मिश्र, नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, कृषि ज्ञान केन्द्रका शकिल अहमदलगायतले परियोजनाको बारेमा धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाबाट पिकनिक जाँदै गरेको बस दुर्घटना,२५ बढी घाइते

१४ पुष २०८०, शनिबार १९:२९
नेपालगञ्ज : बर्दियाबाट पिकनिक जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २५ जना बढी घाइते भएका छन् । राप्ती राजमार्गको सितलपुर –अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ । आइतवार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको प्रहरीले जानकारी […]