बाँकेमा ४ संक्रमित थपिए, २ डिस्चार्ज

सदरलाइन संवाददाता २४ मंसिर २०७८, शुक्रबार १३:३१
 

नेपालगञ्ज : बाँकेमा शुक्रवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा २३ नमुना परीक्षण गर्दा ३ र मेडिकल कलेज कोहलपुरमा ३२ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । बागेश्वरी ल्यावमा १२ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ७३ पुगेको छ ।

यस्तै शुक्रवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ११८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

५ जनाका हत्याआरोपीलाई बाँके अदालतद्वारा सफाई

२४ मंसिर २०७८, शुक्रबार १३:३१
नेपालगञ्ज : १६ वर्षअघि बाँकेमा सुन व्यापारीको परिवारकै हत्या भएको घटनाका अभियुक्तलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल सोनीलाई प्रमाण नपुग्ने र शङ्काको सुविधा पाउने भन्दै बाँके जिल्ला अदालतले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायाधीश […]