बाघ समात्न बाँके राष्ट्रिय निकुञ्जले थाप्यो आहार

सदरलाइन संवाददाता ३० भाद्र २०७८, बुधबार १४:३८
 

नेपालगञ्ज : बाँके राष्ट्रिय निकुञ्जले मान्छे खाएको बाघलाई नियन्त्रण गर्न विभिन्न उपाय लगाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघलाई नियन्त्रणका लागि ठाउँ–ठाउँमा आहारा राखेको जानकारी दिए ।

आहार खान आउँदा बाघलाई नियन्त्रण गर्ने रणनीति बनाइएको शाहले बताए । बाघ बस्तीको छेउछाउमै आइरहेकाले बाघलाई नियन्त्रण गर्ने निष्कर्षमा निकुञ्ज पुगेको हो ।

राप्तीसोनारी गाउँपालिका–१, गाभरमा आइतवार एकजनालाई बाघले खाएपछि अहिले बस्ती नै आतंकित भएको छ । स्थानीयले मान्छे खाने बाघलाई नियन्त्रण गर्न दबाब दिएका छन् ।


निकुञ्ज प्रशासनले बाघलाई नियन्त्रणका गर्नका लागि हात्तीसहितको टोली परिचालन गरेको छ । ठाउँ–ठाउँमा क्यामेरा जडान गरेको छ । बस्तीको आसपासमा दैनिक बाघ देखिन थालेपछि पूर्वपश्चिम राजमार्गमा यात्रा गर्दा सतर्कता अपनाइएको छ ।

मोटरसाइकल, साइकल र पैदलयात्रामा साँझ कडाई गरिएको छ भने दिउँसो पनि समूहमा पठाउने गरिएको छ । निकुञ्जमा अहिले २१ वटा बाघ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बुधवार ५ संक्रमित थपिए, ११ डिस्चार्ज

३० भाद्र २०७८, बुधबार १४:३८
नेपालगञ्ज : बाँकेमा बुधवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ११० नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ४९ नमुना परीक्षण गर्दा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६१ नमुना […]

सम्बन्धित