बर्दियाबाट पिकनिक जाँदै गरेको बस दुर्घटना,२५ बढी घाइते

सदरलाइन संवाददाता १५ पुष २०८०, आईतवार १४:३२
 

नेपालगञ्ज : बर्दियाबाट पिकनिक जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा २५ जना बढी घाइते भएका छन् । राप्ती राजमार्गको सितलपुर –अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको इलाका प्रहरी तुलसीपुरले जनाएको छ ।

आइतवार बिहान करिब ७ बजेतिर बर्दियाबाट दाङको चखौरा पिकनिकका लागि जान थालेको बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

बर्दियाबाट दंगीशरण–३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरको टोलीसहितको सशस्त्र प्रहरीले २४ जना घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको हो ।


सुरक्षाकर्मी घटनास्थल पुग्नु भन्दा पहिले नै ४–५ जना जति गम्भीर घाइतेलाई हायस गाडी मार्फत बाँकेको कोहलपुर तर्फ पठाइएको भन्ने कुरा अन्यले गरेको पनि प्रहरीले बताएको छ ।

तुलसीपुर पठाइएका मध्य ३ जना महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बर्दियाबाट दंगिशरण– ३ स्थित थारु संग्राहलय चखौरामा पिकनिक खानका लागि आउँदै गरेको बस तुलसीपुर उपमहानगरपालिका वडा नं–१३ स्थित अम्बापुर नजिकै पाखोमा दुर्घटनामा परेको थियो ।

ब्रैक नलागेपछि बस नालामा परि पल्टिएको अनुमान गरिएको छ । बसमा कुल ४० जना जति सवार रहेको अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुपदार्थ सेवन गरी सवारी चलाउनेविरुद्ध कडाइ

१५ पुष २०८०, आईतवार १४:३२
नेपालगञ्ज : पछिल्लो समय बाँकेका विभिन्न ठाउँमा सवारी दुर्घटना बढ्न थालेपछि प्रहरीले विभिन्न प्रकारका चेकजाँच र सचेतना कार्यक्रमलाई तीव्रता दिएको छ । सोक्रममा जिल्ला प्रहरी कार्यालय बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी चालक तथा यात्रुहरुले लागूपदार्थ सेवन गरेको, नगरेको परीक्षणलाई तीव्रता दिनुका साथै कारवाही […]