क्यासिनोमा प्रतिवन्धित भारतीय नोट खोज्दै वडा प्रहरी

सदरलाइन संवाददाता १३ पुष २०८०, शुक्रबार १४:१६
 

नेपालगञ्ज : वडा प्रहरी कार्यालय नेपालगञ्जले नेपालगञ्जमा सञ्चालनमा रहेका क्यासिनोमा भारतीय रुपैयाँको छड्के जाँच गरेको छ । नेपालमा प्रतिवन्धित भारतीय दुई सय र पाँच सय रुपैयाँ प्रयोगमा भए नभएको बुझ्न छड्के जाँच गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर विसीले जानकारी दिए ।

उनले छड्के जाँचका क्रममा क्यासिनोमा नेपाली प्रवेश भए नभएको समेत जाँच गरिएको बताए । जाँचका क्रममा नेपालमा प्रतिवन्धित भारतीय दुई सय र पाँच सय रुपैयाँ नभेटिएको उनले बताए ।


छड्के जाँचको क्रममा नेपालगञ्जका क्यासिनोमा नेपालीहरु पनि नभेटिएको उनले बताए । बाँके प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहराको निर्देशनमा वडा प्रहरी कार्यालय नेपालगञ्जले नेपालगञ्जका क्यासिनो, स्पा र होटलमा छड्के जाँच गर्दै आएको छ । यसअघि पनि स्पा र क्यासिनोमा छड्के जाँच गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा चिसो ह्वात्तै बढेकोले चहलपहल घट्यो

१३ पुष २०८०, शुक्रबार १४:१६
नेपालगञ्ज : बाँकेमा बाक्लो हुस्सु लाग्न थालेको छ । पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो । यसअघिसम्म यहाँको मौसम सफा रहेको थियो । बिहानैबाट घाम लाग्दा जाडो यामजस्तो महसुस हुन सकेको थिएन । पछिल्लो दुई दिन देखि बाक्लो कुहिरो लागेपछि चिसो बढेको महसुस भएको छ । भारतको हरियाणादेखि […]