सशस्त्र प्रहरीद्वारा बाँकेका ७१ सीमास्तम्भको मर्मत

सदरलाइन संवाददाता १२ पुष २०८०, बिहीबार १७:४०
 

नेपालगञ्ज : नेपाल–भारत सीमा अन्तर्गत बाँके जिल्ला क्षेत्रमा पर्ने ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन कार्य सम्पन्न भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बाँके जिल्लासँग जोडिएका ७१ वटा नेपाल–भारत सीमास्तम्भको मर्मतसम्भार तथा रङरोगन कार्य सम्पन्न भएको बताए ।

बाँके जिल्ला अन्तर्गत रहेका कुल ३११ सीमा स्तम्भमध्ये नेपाल सरकारले मर्मत तथा सम्भार गर्नुपर्ने बिजोर नम्बरका ७१ वटा सीमास्तम्भको मर्मत सम्भार तथा रङरोगन गर्ने कार्य सम्पन्न भएको उनले जानकारी दिए ।

विगतमा सीमास्तम्भहरूको नापी विभागबाट निर्माण, पुनर्स्थापना तथा मर्मत सम्भार हुने गरेको भए पनि सरकारले २०७७ साउन १९ गतेको मन्त्रिपरिषद्को बैठकबाट उक्त जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएपछि यो कार्य सशस्त्र प्रहरी बलले सम्पन्न गरेको प्रजिअ पोखरेलले जानकारी दिए ।


सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रमेशविक्रम शाहीले सरकारले दिएको विभिन्न जिम्मेवारी अन्तर्गत सीमास्तम्भ मर्मत सम्भार कार्य पनि एउटा भएको हुँदा यस कार्यलाई पनि जिम्मवेपारीपूर्वक सम्पन्न गरिएको बताए ।

सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा जिम्मेवारी अन्तर्गत अन्तर्राष्ट्रिय सिमानामा रहेका सीमास्तम्भको अभिलेख व्यवस्थापन, रेखदेख, अनुगमन लगायत सीमाक्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रणका लागि सबै सरोकारवालासँग समन्वय र सहकार्य गरी सक्रियतापूर्वक काम गर्दै आइरहेको एसपी शाहीले जानकारी दिए ।

बाँके जिल्ला अन्तर्गत नेपालतर्फ रहेका सीमास्तम्भको मर्मत सम्भारतथा रङरोगन गर्ने कार्य गत मङ्सिर २० गतेबाट शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा पहिलो पटक सिएको पढाइ शुरु, अब बाहिर नजानुपर्ने

१२ पुष २०८०, बिहीबार १७:४०
नेपालगञ्ज : केही समय पहिलेसम्म सिए पढ्न विदेश वा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । अहिले पश्चिम नेपालमै पहिलो पटक नेपालगञ्जमै यसको पढाइ सुरु भएपछि सिए पढ्न भारत वा काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ । नेपालगञ्जस्थित इन्स्टिच्युट अफ बिजनेस म्यानेजमेन्ट (आइबिएम) ले सिए कक्षा सञ्चालनमा ल्याएपछि विद्यार्थीलाई विदेश वा काठमाडौँ […]