एक लाख घुससहित विद्यालयका सदस्य पक्राउ

११ फाल्गुन २०७५, शनिबार १४:४०
 

सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुमा एक लाख घुस रकमसहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ परेका छन् । शनिवार दिउँसो कपिलवस्तु नगरपालिका १ स्थित मालटोलमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका ३ वसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरेको हो ।
शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

Next Post

जम्मू कश्मीरका ‘विखण्डनकारी’ नेता यासिन पक्राउ

११ फाल्गुन २०७५, शनिबार १४:४०
सदरलाइनडटकम, काठमाण्डौ : जम्मू कश्मीरको विखण्डनमा लागेकाहरुमाथि गरिएको विशेष कारबाहीमा शुक्रवार राति जम्मू कश्मीर लिबरेसन फ्रन्ट (जेकेएलएफ)का प्रमुख यासिन मलिकलाई हिरासतमा लिइएको छ । पुलवामा जिल्लामा सीआरपीएफको टोलीमाथि भएको आतंकवादी हमलाको आठ दिनपछि यो कारबाही अघि बढेको हो । भारतीय समाचार एजेन्सीले बताएअनुसार अन्य विखण्डनकारी नेताहरुलाई भने पक्राउ गर्न सकिएको […]