कोरोनाबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता ५ भाद्र २०७८, शनिबार १४:१६
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शुक्रवार राती घोडाघोडी नगरपालिका–१ कैलालीका ६९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–२ का २४ वर्षीया महिलाको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समितिका फोकलपर्सन तेज ओलीका अनुसार कोरोना भाइरस संक्रमण पुष्टि भएपछि शुक्रवार थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना भएका कैलालीका पुरुषको स्वास्थ्यमा सुधार नआउँदा शुक्रवार राती साढे ८ बजे मृत्यु भएको हो ।


त्यस्तै कोहलपुरका २४ वर्षीया महिलालाई श्रावन २० गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि श्रावण २३ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शुक्रवार राती ९ बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण जिल्लाकै ३२६ जना र उपचारका लागि अन्यत्र जिल्लाबाट बाँके आएका ३९१ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुकुम पूर्वका सबै आइसोलेसन खाली

५ भाद्र २०७८, शनिबार १४:१६
रुकुम : कोरोना संक्रमित बिरामीका लागि बनाइएका रुकुम पूर्वका आइसोलेसन वार्ड अहिले खाली भएको छ । पछिल्लो समय भूमे गाउँपालिको आइसोलेसन र रुकुम पूर्व अस्पतालको आइसोलेसनका संक्रमित डिस्चार्ज भएकाले त्यहाँका वार्ड खाली भएका हुन् । सिस्ने गाउँपालिकाले आइसोलेसन अस्पताललाई नै हस्तान्तरण गरेकामा त्यहाँ कोभिड संक्रमितको हुँदै आएको छ । जिल्लास्थित […]