वडा अध्यक्षसहित स्वास्थ्य संयोजकद्वारा औषधिमा ८ लाख अनियमितता

सदरलाइन संवाददाता ११ चैत्र २०७८, शुक्रबार १४:१५
 

नेपालगञ्ज : औषधि खरिदमा वडा अध्यक्षसहित स्वास्थ्य संयोजको संलग्नतामा आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतसहितको मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको फेला पारेको हो ।


अख्तियायरले उक्त कार्यमा वडा अध्यक्ष रावत सहित सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र लेखापाल सुरतबहादुर रेश्मीको संलग्नतामा ८ लाख रकम हिनामिना गरेको फेला पारेपछि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले उनीहरुलाई ८ लाखको बिगो बमोजिमको कारबाहीको माग गर्दै कारबाहीको माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित बर्दियामा एकजना पक्राउ

११ चैत्र २०७८, शुक्रबार १४:१५
नेपालगञ्ज : बढैयातालमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, बढैयाताल गाउँपालिका वडा नं.२ सितापुर बस्ने २५ वर्षिय सुनिल रानामगर रहेका छन् । प्रहरीले मगरलाई बढैयाताल २ जमुनी गाउँ नजिक बाट करिब ९ सय १० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित बिहीबार साँझ पक्राउ गरेको हो […]